
Sgr
Rgp1
Srbpu
Pbu
Lnp
Rgp
pku
Unsku
Ggp
प्युठान । प्युठान जिल्लाको मल्लरानी ५ सराङकोट अवस्थित एक विद्यालयमा जेष्ठ नागरिकले अक्षयकोष स्थापना गर्नु भएको छ । मल्लरानी गाउँपालिका वडा नम्बर ५ रिट्ठीखर्क प्युठान निवासी ९५ बर्षिय जेष्ठ नागरिक मोहन पुन मगरले जीवन संगिनी स्वर्गीय नमिदेवी पुन मगरको स्मृतिमा भुमी विकास आधारभुत विद्यालयमा रु.५०,०००/(पचास हजार ) को अक्षयकोष स्थापना गर्नु भएको हो । त्यस्तै […]
दाङ । नेपाल प्रेस युनियन दाङले बंगलाचुलीमा आयोजना गरेको दुई दिने आधारभूत पत्रकारिता तालिमको शनिबार समापन गरिएको छ । शुक्रबारदेखि सुरु भएको तालिमको शनिबार एक औपचारिक कार्यक्रमका बीच समापन गरिएको हो । समापन कार्यक्रम नेपाल प्रेस युनियन दाङका उपाध्यक्ष पार्वती बस्नेतको अध्यक्षता र बंगलाचुली गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर जिसीको प्रमुख आथ्यितामा भएको हो । कार्यक्रमका प्रमुख […]
दाङ । देउखुरीको गढवा गाउँपालिका वडा नम्बर ७ मा रहेको जनता माध्यमिक विद्यालय व्यवस्थापन समितिको निर्वाचन शनिबार सम्पन्न भएको छ । सनिवार सम्पन्न निर्वाचनमा नेकपा माओवादी केन्द्र, नेपाल कम्युनिष्ट पार्टी ‘बिप्लव’ जनता समाजबादी पार्टी नेपाल, एकीकृत समाजबादी लगायतका पार्टीहरुको साझा उम्मेदवारहरु भारी मतान्तरले निर्वाचित हुनु भएको छ भने नेपाली काँग्रेस, नेकपा एमाले र राष्ट्रिय जनमोर्चाका […]
दाङ । लमही स्थित सनलाईट मोडर्न सेकेण्डरी स्कुलमा शुक्रबार रौनक थियो । बिद्यार्थीहरु आफ्ना कलाहरु प्रदर्शनमा राखेर त्यसका बारेमा बताउँदै थिए । अनौठा अनौठा कला प्रदर्शनीले सबैको ध्यान तान्यो । कक्षा ८ मा अध्ययनरत मनुस्का अधिकारी लगायतको टिमले अनौठो बृज (पुल) प्रदर्शनमा राखेका थिए । आबस्यक पर्दा बिचबाट फाट्ने र पुन: जोडिने पुलले आश्चर्य नै […]
दाङ । अखिल क्रान्तिकारी देउखुरी जिल्लाको २६ औं जिल्ला सम्मेलन भव्यसभ्यका साथ बुधबार सम्पन्न भएको छ । समता सिको अध्यक्षता तथा नेकपा पार्टीका केन्द्रीय कमिटी सदस्य तथा सिसिएम देउखुरी (इन्चार्ज) बिक्रम सिको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सम्मेलन कार्यक्रमले ३५ जनाको जिल्ला कार्यसमिति गठन गरेको छ । जसको अध्यक्षमा समता सि,उपाध्यक्षमा शिव जंग सि,सचिवमा सुशील सि,सहसचिवमा […]
दाङ । उच्च अदालत तुलसीपुरको आयोजना तथा गढवा गाउँपालिकासंगको समन्वय सहकार्यमा शुक्रवार कानून अधिकारी र नागरिकका बिचमा गढवामा न्यायिक संबाद सम्पन्न भएको छ । उच्च अदालत तुलसीपुरका मुख्य न्यायधिश नित्यानन्द पाण्डेको अध्यक्षता र गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोखे्रलको प्रमुख आतिथ्यमा कानून तथा न्याय प्रणलीका बारेमा कानून अधिकारी र नागरिकहरुका बिचमा दोहोरो संबाद भएको हो […]
दाङ । देउखुरीमा बोलेरो गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक राप्ती गाउँपालिका वडा नम्बर ८ बिजौरी निवासी २७ वर्षिय सुनिल चौधरी रहेको प्रहरीले जानाएको छ । महेन्द्र राजमार्ग अन्तरगत लमही- भालुवाङ सडक खण्डको राप्ती गाउँपालिका वडा नम्बर ५ कमलरोड सिसहनियाँक दोलै खोला नजिक गएराति १० बजेको समयमा रोल्पाबाट लमही […]
दाङ । देउखुरीको गढवामा अबस्थित बालकल्याण आधारभूत विद्यालय बालाखुट्टीमा विज्ञान तथा प्रविधियुक्त सुहाउदो गुणस्तरीय शिक्षालाई अझ प्रभावकारी ढंगले अध्ययन अध्यापन गराउने उद्देश्यले अनुसन्धान तथा खोजमुलक विज्ञान तथा कला प्रदर्शनी गरिएको छ । शिक्षामा गुणस्तर सुधारका लागि गढवा गाउँपालिकाले जिवन मुल्य शिक्षा, माई सेकेन्ड टिचर कार्याक्रमको साथसाथै अब विज्ञान तथ कला प्रदर्शनी कार्यक्रमको सुरुवात गरिएको गढवा […]
दाङ । दाङमा तीनजना बालकहरु सम्पर्क बिहिन भएका छन् । सम्पर्क बिहिन हुनेहरुमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ स्थित ग्वारखोला घर भएका रविन रावल त्यसैगरि राजु वि.क र सुवास सुनार रहेका छन् । माघ १८ गते बिहीबारका दिन करिब साझको ४:०० बजेको समयमा तीन जना घरमा कसैलाई केही नभनी निस्किएको र अहिलेसम्म कहाँ गएको भनि […]