
Pbu
Lsbus
Ssbus
Gsbus
gms
Bsbus
Bksbus5
Rsbus
Gsl
Ssbus
Ksbus
dsbus
Ksbus
Nssbus7
Ksbus
Ssbus
Jsbus
Csbus
bpmhl

Rgu
Rsb
Tsm
Bbu
Sbs
Sls
Ssm
Gst
Rgs
Bbbpu
Rgu
Hal
Vor
nsb
Asm
Pvg
Ggd
Wsp
Ksm

bbt
Jmb
sab
Rmb
Rpp
Jmb
Mks
Pls
Abd
Syp
Gsb
Bml
Ptm
ओखलढुंगा । प्रतिनिधिसभा सदस्य विश्वराज पोखरेलले सामाजिक सञ्जालमा सार्वजनिक भएको एक विवादास्पद भिडियो प्रति क्षमायाचना गरेका छन् ।
शनिबार जारी प्रेस विज्ञप्तिमार्फत उनले घटनाको पूर्ण सन्दर्भ नबुझी आंशिक दृश्य मात्र सार्वजनिक हुँदा वास्तविकता त्यस्तो नभएको बताएका छन् ।
पोखरेल वैशाख ९ गते खिजिदेम्बा गाउँपालिका वडा नम्बर २ रानीस्थित श्री चण्डेश्वरी माध्यमिक विद्यालयमा जिल्लावासीसँग भेटघाट, अन्तर्क्रिया तथा स्थानीय अवस्था बुझ्ने उद्देश्यले पुगेका थिए । उक्त क्रममा आफू विद्यालय पुग्दा प्रधानाध्यापक गेटसम्म स्वागत गर्न नआएको भन्दै उनले आक्रोश व्यक्त गरेको भिडियो सार्वजनिक भएपछि उनको व्यापक आलोचना भएको थियो ।
त्यस्तै विज्ञप्तिमा उनले सार्वजनिक जीवनमा रहँदा बोली,व्यवहार र संयम उच्च स्तरको हुनुपर्ने स्वीकार गरेका छन् । ‘मेरो अभिव्यक्ति वा व्यवहारले कसैको आत्मसम्मान र भावनामा चोट पुगेको भए हृदयदेखि क्षमायाचना गर्दछु,’ उनले उल्लेख गरेका छन् । यस घटनापछि उनकै दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश कार्कीले उनको व्यवहारप्रति व्यंग्यात्मक टिप्पणी गरेका थिए । त्यसपछि उनले औपचारिक रुपमा माफी मागेका हुन् ।
यस्तै पोखरेलले आफू जनताको सेवकका रूपमा सदैव जिम्मेवार र मर्यादित रहने प्रतिबद्धता व्यक्त गर्दै आगामी दिनमा अझ संयमित र संवादमुखी भएर काम गर्ने बताएका छन् ।
