
Lnp
Rgp
Rgp1
Ggp
Pbu
Srbpu
Unsku
Sgr
pku

Vor
Gst
Rsb
Pvg
Rgu
Wsp
Rgu
Tsm
Ggd
Sls
Asm
Ksm
Rgs
nsb
Bbbpu
Hal
Ssm
Sbs
Bbu

Jmb
sab
bbt
Jmb
Bml
Mks
Syp
Abd
Ptm
Gsb
Pls
Rpp
Rmb
दाङ । नेपाल प्रेस युनियन दाङले बंगलाचुलीमा आयोजना गरेको दुई दिने आधारभूत पत्रकारिता तालिमको शनिबार समापन गरिएको छ । शुक्रबारदेखि सुरु भएको तालिमको शनिबार एक औपचारिक कार्यक्रमका बीच समापन गरिएको हो ।
समापन कार्यक्रम नेपाल प्रेस युनियन दाङका उपाध्यक्ष पार्वती बस्नेतको अध्यक्षता र बंगलाचुली गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर जिसीको प्रमुख आथ्यितामा भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि गाउँपालिकाका उपाध्यक्ष जिसीले तालिममा सिकेका कुराहरु ब्यबहारमा उतार्न आग्रह गरेका थिए । उनले प्रशिक्षार्थीलाई सत्य र तथ्यमा आधारित समाचार सम्प्रेषण गर्नु नै पत्रकारिताको मुल धर्म हुने बताएका थिए । समाज परिवर्तनमा सञ्चार माध्यामले खेलेको भूमिका अतुलनिय रहेको उल्लेख गर्दै उपाध्यक्ष जिसीले समाजमा हुने बिकृति बिसङगतिलाई सुधार गरी सभ्य समाज निमाण गर्न सञ्चार माध्यमको ठूलो योगदान रहने हुँदा आफनो पेशा प्रति जिम्मेवार भएर अगाडि बढ्न आग्रह गरेका थिए ।
त्यस्तै कार्यक्रममा बंगलाचुली गाउँपालिका – १ का वडाध्यक्ष विष्णु कवर, वडा नम्बर ६ का अध्यक्ष डोमबहादुर केसी, प्रशिक्षार्थी शिर्जना पुलामी, विक्रमकुमार डाँगी लगाएतले मनतब्य ब्यक्त गरेका थिए ।
तलिममा सहभागिहरुलाई प्रेस युनियनका उपमहासचिव सुलोचना गौतम, जिल्ला अध्यक्ष नारायण खड्का, उपाध्यक्ष किरण विक्रम शाह, पार्वती बस्नेत, सचिव अमर क्षितिज भण्डारी, कोषाध्यक्ष लिलाधर वली लगाएतले प्रशिक्षण दिएका थिए ।
नेपाल प्रेस युनियन दाङका कोषाध्यक्ष लिलाधर ओलीको स्वागत मन्त्व्यबाट सुरु भएको समापन कार्यक्रमको सहजिकरण सचिव अमर क्षितिज भण्डारीले गरेका थिए । तलिममा २६ जना प्रशिक्षार्थीको सहभागिता रहेको थियो ।
युनियले भविश्यमा यस्ता अभियानहरु संचालन गरिने जनाएको छ ।

