
Sgr
Rgp
Ggp
Srbpu
pku
Unsku
Lnp
Rgp1
Pbu

Vor
nsb
Sls
Rgu
Ggd
Bbu
Asm
Bbbpu
Hal
Pvg
Tsm
Wsp
Ksm
Rsb
Sbs
Rgs
Gst
Ssm
Rgu

sab
Syp
Pls
Mks
Abd
Rpp
Gsb
Jmb
bbt
Rmb
Bml
Jmb
Ptm
दाङ । उच्च अदालत तुलसीपुरको आयोजना तथा गढवा गाउँपालिकासंगको समन्वय सहकार्यमा शुक्रवार कानून अधिकारी र नागरिकका बिचमा गढवामा न्यायिक संबाद सम्पन्न भएको छ ।
उच्च अदालत तुलसीपुरका मुख्य न्यायधिश नित्यानन्द पाण्डेको अध्यक्षता र गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोखे्रलको प्रमुख आतिथ्यमा कानून तथा न्याय प्रणलीका बारेमा कानून अधिकारी र नागरिकहरुका बिचमा दोहोरो संबाद भएको हो ।
कार्यक्रममा बोल्दै गढवा गाउँपालिकाका अध्यक्ष पोखे्रलले कानूनको अनभिज्ञता अक्षम्य नहुने भएकोले कानून सबै नागरिकहरुले बुझ्न जरुरी रहेको र उच्च अदालत तुलसीपुरले स्थानीय स्तरमा आएर कानूनका जिज्ञासा मेटाउने प्रयास गरेकोमा धन्यवाद दिनुभयो । कार्यक्रममा बोल्दै उच्च अदालत तुलसीपुरका मुख्य न्यायधिश पाण्डेले कानूनमा हरेक नागरिकबिच समानता हुने भएकोले कानूनका बारेमा सबैमा जानकारी गराउने अदालतको कार्यक्रम अन्तर्गत आफूहरु स्थानीय स्तरमा उपस्थित भएको बताउनु भयो ।
अदालतमा बिचाराधिन मुद्दाहरु बाहेका अन्य बिषयमा आएका कानूनी जटिलताहरुका बारेमा आफूहरुले नागरिकहरुलाई सु–सुचित पार्ने अदालतको कार्यक्रम रहेको र यस्तो कार्यक्रम बर्षमा चार स्थानीय तहहरुमा गरिदै आएको बताउनुभयो । जिल्ला अदालतको तर्फबाट पनि नागरिक संबाद कार्यक्रमहरु गरिदै आएको उहाँले औंल्याउनुभयो ।
कार्यक्रममा उच्च अदालतको सेवा प्रबाह र क्षेत्राधिकार, जिल्ला अदालतको क्षेत्राधिकार, स्थानीय तहका न्यायिक समितिहरुको क्षेत्राधिकार तथा काम कर्तब्य र अधिकारका बारेमा जानकारी मुख्य न्यायधिश पाण्डेद्धारा गराइएको थियो । अदालत अन्तर्गतका इजलासहरु, मेलमिलाप प्रकृयाबाट न्याय निरुपण गर्ने तरिकाहरु,कानून ब्यवसायीको ब्यवस्था, अदालतको प्रशासकीय अधिकार,बैतनिक वकीलको प्राबधान, अदालती शुल्कहरु, मुद्दा दर्ता देखि फैसला सम्मका चरणहरु र न्यायमा पहुँच पुर्याउने उद्देश्य अनुरुप गरिने अतिरिक्त कार्यक्रमहरु आदिका बारेमा जानकारी गराईएको थियो । कार्यक्रममा उपस्थित स्थानीयहरुले कानूनी उपचार, सजायँको ब्यवस्था तथा न्याय निरुपणका बिषयमा दोहोरो संबादमा जिज्ञासा राखेका थिए ।
त्यस्तै सो अवसरमा उच्च अदालत तुलसीपुरका न्यायधिश अचुतम कुमार आचार्य, रजिष्टार खड्गराज अधिकारी, शाखा अधिकृत राजेन्द्र कुमार शर्मा र शाखा अधिकृत गोकर्ण वली, गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोखे्रल तथा उपाध्यक्ष शारदा कुमारी चौधरी, गढवा उद्योग बाणिज्य संघका अध्यक्ष ओम प्रकाश बसेल र पत्रकार दुखहरण यादव लगायतले बोल्नु भएको थियो ।

