
dsbus
Rbs
Amb
Bsbus
Bbs
Jas
Syees
Nssbus7
Gsl
Ddhbs
Csbus
Jsbus
Jsbus
gms
Bksbus5
Bbs
Gsbus
Ssbus
Ratbs
Pbu

Ssm
Sls
Vor
Rgu
Bbu
Bbbpu
Ksm
Ggd
Rgu
Sbs
Asm
Wsp
Rsb
Pvg
nsb
Tsm
Rgs
Gst
Hal

Jmb
Syp
Bml
Gsb
sab
Jmb
Mks
Ptm
Rpp
Pls
bbt
Rmb
Abd
दाङ । देउखुरीको गढवामा अबस्थित बालकल्याण आधारभूत विद्यालय बालाखुट्टीमा विज्ञान तथा प्रविधियुक्त सुहाउदो गुणस्तरीय शिक्षालाई अझ प्रभावकारी ढंगले अध्ययन अध्यापन गराउने उद्देश्यले अनुसन्धान तथा खोजमुलक विज्ञान तथा कला प्रदर्शनी गरिएको छ ।
शिक्षामा गुणस्तर सुधारका लागि गढवा गाउँपालिकाले जिवन मुल्य शिक्षा, माई सेकेन्ड टिचर कार्याक्रमको साथसाथै अब विज्ञान तथ कला प्रदर्शनी कार्यक्रमको सुरुवात गरिएको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले बताउनु भयो । गढवा गाउँपालिका वडा नम्बर ६ बालाखुटीस्थित बालकल्याण आधारभूत विद्यालयले शुक्रबार विज्ञान तथा कला प्रदर्शनी २०८० को आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक तारा प्रसाद ढुङगानाले जानकारी दिनुभयो। विद्यालयले आफ्नै विद्यालय हातामा विज्ञान तथा कला प्रदर्शनी कार्यक्रमको आयोजना गरेको हो ।
प्रदर्शनीमा विभिन्न कलात्मक रचनाहरु, विज्ञान, कला तथा प्रविधिसंग जोडिएका ४२ भन्दा बढी स्टलमा विभिन्न प्रदर्शनीहरु अवलोकनका लागि राखिएको थियो । प्रदर्शनीमा बालकल्याण आधारभूत विद्यालयका कक्षा १ देखि ८ सम्म अध्ययनरत करिब ३ सय २८ विद्यार्थीले तयार गरेको चित्रकला तथा विज्ञान र प्रविधिसँग जोडिएका सामाग्रीहरु अवलोकनका लागि राखिएको हो । प्रदर्शनीको गढवा गाउँपालिका अध्यक्ष, शिक्षा समितिका सदस्यहरु, वडाध्यक्ष, वडासदस्यहरु, शिक्ष बिद्, विद्यार्थीका अभिभावकलगायतले अवलोकन गर्नुभएको थियो ।
प्रदर्शनीमा चित्रकला, विद्युतीय सेन्सर डस्टविन, ज्वालामुखी बिस्फोटको अवस्था, खरायो, घर, मुर्ति, फुल सहितको गमला, झरना, चराचुरुङ्गी, डाईनिङ टेवल लगायतका सामाग्री अवलोकनका लागि राखिएको थियो ।
एकदिने प्रदर्शनीको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले एक कार्यक्रमबीच उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा अध्यक्ष पोख्रेलले आजको विज्ञान तथा कला प्रविधिबाट दैनिक जीवनलाई कसरी सहज बनाउन सकिन्छ भन्ने विषयमा पनि ज्ञान र शीप बारे विद्यालयले विद्यार्थीलाई अध्ययन अध्यापन गराउन आवश्यक रहेको बताउदै विज्ञान र कला क्षेत्रमा विद्यालयलाई आवश्यक सहयोग गर्ने बताउनु भयो ।
त्यस्तै विद्यार्थीहरुको शैक्षिक गुणस्तर तथा अनुसन्धानमुलक शीपको विकास हुन यस्ता खालको विज्ञान तथा कला प्रदर्शनी आवश्यक रहेको बताउनु भयो । भौतिक संरचनाको विकासले मात्र परिवर्तन नहुँने भन्दै व्यवहारिक शिक्षाका लागि विज्ञान, कला तथा प्रविधिमैत्री वातावरण आवश्यक रहेको बताउदै शिक्षा वेरोजगार जन्माउने कारक बन्नु नहुँने भन्दै प्रविधिका लागि शिक्षणको विकल्प नहुने प्रष्ट पार्नु भयो । विद्यालयका प्रधानाध्यापक तारा प्रसाद ढुङगानाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण विद्यालयका शिक्षक सुदन केसीले गर्नु भएको थियो।

