ओमप्रकाश गुप्ता शनिबार, माघ २०, २०८०

दाङ । देउखुरीमा बोलेरो गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक राप्ती गाउँपालिका वडा नम्बर ८ बिजौरी निवासी २७ वर्षिय सुनिल चौधरी रहेको प्रहरीले जानाएको छ ।

महेन्द्र राजमार्ग अन्तरगत लमही- भालुवाङ सडक खण्डको राप्ती गाउँपालिका वडा नम्बर ५ कमलरोड सिसहनियाँक दोलै खोला नजिक गएराति १० बजेको समयमा रोल्पाबाट लमही तर्फ जादै गरेको बा १८ च ८६१८ नम्बरको बोलेरो गाडीले पश्चिमदेखि पुर्व जाँदै गरेको लु ३२ प ७०१४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाईकल चालक चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता (डिएसपी) जनक बहादुर मल्लले जानकारी दिनु भयो ।

त्यस्तै मृतक चालकको टाउको छेदविच्छेद भएर चुडिएको छ । मृतकको शवलाई लमही पठाइएको छ भने गाडी चालक घाइते भएका छन् । गाडी चालक कपिलवस्तुको शुद्धोधन गाउँपालिका -२ निवासी २४ वर्षिय आस्वीन सुनार घाइते भएको प्रहरीले जनाएको छ । सुनारको आँखा र नाकमा गहिरो चोट लागेकाले सिसहनियाँ स्वास्थ्य चौकीमा सामान्य उपचार पछि थप उपचारका लागि भैरहवा रिफर गरीएको प्रहरीले जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]