Sidha Patra शनिबार, माघ २०, २०८०

दाङ । अखिल क्रान्तिकारी देउखुरी जिल्लाको २६ औं जिल्ला सम्मेलन भव्यसभ्यका साथ बुधबार सम्पन्न भएको छ ।

समता सिको अध्यक्षता तथा नेकपा पार्टीका केन्द्रीय कमिटी सदस्य तथा सिसिएम देउखुरी (इन्चार्ज) बिक्रम सिको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सम्मेलन कार्यक्रमले ३५ जनाको जिल्ला कार्यसमिति गठन गरेको छ ।

जसको अध्यक्षमा समता सि,उपाध्यक्षमा शिव जंग सि,सचिवमा सुशील सि,सहसचिवमा दामोदर सि,कोषाध्यक्षमा ठाकुर सि लगायत ३५ जनाको जिल्ला कार्यसमिति गठन गरिएको नेकपाका लमही नगर इन्चार्ज मुक्ति सिले जानकारी दिनु भयो ।

उक्त जिल्ला कार्यसमिति गठन पस्च्यात कार्यक्रममा प्रमुख अतिथि बिक्रम सिले नव निर्वाचित पदाधिकारीलाई बधाई दिदै समाजवादमा जाने लक्ष्य र उदेश्य तथा त्यसको कार्यनयनको बारेमा प्रशिक्षण सहितको आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

संगठन परिचालन र संगठन कार्यनीतिको बारेमा अखिल क्रान्तिकारीका केन्द्रीय कोषाध्यक्ष प्रतिमा सिले प्रशिक्षण दिनु भएको थियो । त्यस्तै सो जिल्ला सम्मेलन कार्यक्रममा अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य तथा पश्चिम् लुम्बिनी प्रदेश ब्युरो इन्चार्ज गगन सिले प्रस्ताव प्यान प्रस्तुत गर्नु भएको थियो भने नेकपा देउखुरी जिल्ला सेक्रेटरी अल्फा सिले नव निर्वाचित पदाधिकारीलाई बधाई मन्तव्य व्यक्त गर्नु भएको थियो ।

विभिन्न जनवर्गीय संगठनका जिल्ला पदाधिकारीको सहभागी रहेको कार्यक्रमलाई नव निर्वाचित समता सिले आफ्नो प्रतिबद्धता सहितको मन्तव्यका साथ समापन गर्नु भएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]