राप्तीको सिसहनियाँमा व्यवसाय दर्ता तथा नविकरण शिविर सुरु

दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नं.५ सिसहनियाँमा बुधबारदेखि व्यवसाय नविकरण तथा नयाँ दर्ता शिविर सुरु भएको छ । सिसहनियाँ उद्योग वाणिज्य संघको समन्वयमा राप्ती गाउँपालिकाद्वारा व्यवसाय नविकरण तथा नयाँ दर्ता शिविर सुरु गरिएको हाे । बुधबार देखी ३ दिनसम्म शिविर सञ्चालन हुने राप्ती गाउँपालिकाका आर्थिक विकास शाखा प्रमुख दामोदर आचार्यले जानकारी दिए । शिविरको […]

गुरुकुल एकेडेमी लमहीको प्रधानाध्यापकमा खनाल नियुक्त

दाङ । देउखुरीको लमहीमा शैक्षिक सत्र २०८१ बट संचालनमा आएकोे गुरुकुल एकेडेमी लमहीको प्रधानाध्यापकमा सुरज खनाल नियुक्त भएका छन् । आज बसेको विद्यालय संचालक समितिको बैठकले लामो समय शिक्षा क्षेत्रको अनुभव बटुलेका खनाललाई प्रधानाध्यापकमा नियुक्त गर्ने निर्णय गरेको हो । नव नियुक्त प्रधानाध्यापक खनालले यहीँ श्रावण २ गतेबाट जिम्मेवारी सम्हालेका हुन् । पदभार ग्रहण गर्दै […]

विद्युत लोडसेडिङ बिरुद्ध गढवा उद्योग बाणिज्यसंघको कडा बिरोध

दाङ । गढवा उद्योग बाणिज्य संघले गढवा र राजपुर गाउँपालिकामा भैरहेको अघोषित लोडसेडिङ र बिद्युत्त आपूर्तिमा भएको अनियमितताको बिरोधमा बुधवार नेपाल बिद्युत्त प्राधिकरणको लमही स्थित कार्यालयलाई ध्यानाकर्षण–पत्र बुझाएको छ । गढवा उद्योग बाणिज्य संघका अध्यक्ष ओम प्रकाश बसेलको नेतृत्वमा गएको प्रतिनिधी मण्डलले नेपाल बिद्युत्त प्राधिकरण लमही वितरण खकेन्द्रका प्रमुख युवराज रावतलाई समस्या समाधानको आग्रह गर्दै […]

गत जेठ महिनादेखि हालसम्म देशभर बाढीपहिरोमा परी १२४ जनाको मृत्यु

काठमाडौँ । देशका विभिन्न स्थानमा अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी बुधबार दिउँसोसम्म १ सय २४ जनाको मृत्यु भएको छ । हालसम्म बाढी,पहिरो लगायतका विपद्‍मा परी काठमाडौँ उपत्यकामा २ जना, कोशी प्रदेशमा २२ जना, मधेस प्रदेशमा ५ जना, बागमती प्रदेशमा १९ जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी प्रदेशमा […]

मुगुमा ३.९ म्याग्निच्युड भूकम्पको धक्का

काठमाडौं । आज बिहान मुगु जिल्लामा भूकम्प गएको छ । मुगुको दार्मा आसपास केन्द्र भएर भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रले आज बिहान ४ः४० बजे ३.९ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ । भूकम्पको धक्काले क्षति पुगेको विवरण भने अझै आएको छैन ।

दुबईबाट मलद्वारमा लुकाएर ल्याएको १ किलो सुनका योजनाकार योन्जन १ वर्षपछि पक्राउ

काठमाडौं। एक वर्ष पहिले दुबईबाट मलद्वारमा लुकाएर ल्याएको ९६० ग्रााम सुनका मुख्य योजनाकार काठमाडौंबाट पक्राउ परेका छन् । त्यस्तै पक्राउ पर्नेहरुमा बाबुलाल दोङ र काभ्रेको महाभारत गाउँपालिका वडा नम्बर २ घर भएका विकास योन्जन छन् । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले सोमबार स्मार्ट पार्टी प्यालेस चाबहिलबाट पक्राउ गरेको हो । गत २५ भदौ २०८० […]

आज साउने सङ्क्रान्ति,विभिन्न कार्यक्रम गरि मनाइँदै

काठमाडौँ । आज साउन सङ्क्रान्ति,विभिन्न कार्यक्रमका साथ पर्व मनाइँदै छ । असार महिनाभर धान रोपाइँ लगायतका खेतीपातीका कारण थाकेका किसान हिलो मैलो पखाली घरपरिवार र आफन्तका साथ रमाइलो गरी भोज खाएर साउने सङ्क्रान्ति पर्व मनाउने गर्द छन् । त्यस्तै हिलो माटोमा काम गर्नु पर्ने भएकाले छालासम्बन्धी रोग नलागोस् भनेर साउने सङ्क्रान्तिको दिन लुतो फाल्ने प्रचलनसमेत […]

रुकुल एकेडेमी तुलसिपुरका विद्यार्थीहरुलाई सर्प समबन्धि प्रशिक्षण

दाङ । गुरुकुल एकेडेमी तुलसिपुरमा विद्यार्थीहरुलाई सर्प सम्बन्धिका कुराहरुबारे जानकारी दिइएको छ । विद्यालयले सर्प उद्धारकर्ता प्रभात भन्डारीद्वारा सर्पबारे विभिन्न कुराहरुको बारेमा जानकारी गराइएको हो । बिशेषगरी गर्मी समयमा सर्पहरु बाहिर निस्कने र बालबालिका तथा वृद्धवृद्धाहरुमा निकै जोखिम हुने भएकाले त्यो जोखिम समयमा सतर्कता अपनाउन र त्यो जोखिमलाई न्युनिकरण गर्न कार्यक्रमको आयोजना गरिएको गुरुकुल एकेडेमी […]

नवनियुक्त प्रधानमन्त्री ओलीले आज पद तथा गोपनीयताको शपथ लिंदै

काठमाडौं । नव नियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनीयताको शपथ लिंदै छन् । आज बिहान ११ बजेका लागि पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । प्रधानमन्त्रीमा दाबी पेश गर्ने समय सकिएपछि आइतबार बेलुकी ५ बजेपछि राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका थिए । त्यस्तै उनलाई […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]