
pku
Unsku
Rgp
Ggp
Srbpu
Rgp1
Sgr
Lnp
Pbu

nsb
Ggd
Wsp
Hal
Bbbpu
Rsb
Ssm
Rgs
Bbu
Asm
Ksm
Sls
Tsm
Gst
Pvg
Vor
Rgu
Rgu
Sbs

Syp
Rpp
Mks
Jmb
sab
Gsb
Ptm
Abd
bbt
Jmb
Rmb
Bml
Pls
दाङ । गढवा उद्योग बाणिज्य संघले गढवा र राजपुर गाउँपालिकामा भैरहेको अघोषित लोडसेडिङ र बिद्युत्त आपूर्तिमा भएको अनियमितताको बिरोधमा बुधवार नेपाल बिद्युत्त प्राधिकरणको लमही स्थित कार्यालयलाई ध्यानाकर्षण–पत्र बुझाएको छ ।
गढवा उद्योग बाणिज्य संघका अध्यक्ष ओम प्रकाश बसेलको नेतृत्वमा गएको प्रतिनिधी मण्डलले नेपाल बिद्युत्त प्राधिकरण लमही वितरण खकेन्द्रका प्रमुख युवराज रावतलाई समस्या समाधानको आग्रह गर्दै ध्यानाकर्ष–पत्र बुझाएको हो ।
लमही बिद्युत्त कार्यालयलाई बुझााइएको पत्रमा नेपाल बिद्युत्त प्राधिकरण लमही वितरण केन्द्रबाट दक्षिण देउखुरीको गढवा र राजपुर गाउँपालिकामा प्रसारण भएको बिद्युत्त सेवामा पूर्व निर्धारित कुनैपनि लोडसेडिङ तालिका विना नै पटक–पटक बिद्युत्त लाईन काटिने र सिष्टम गएको भन्दै यस क्षेत्रमा दैनिक रुपमा बिद्युत्त सेवा अवरुद्ध भैरहदा स्थानीय उद्योगी, ब्यवसायीहरु र आम नागरिकहरुमा पर्न गएको असुविधा प्रति गढवा उद्योग बाणिज्य संघको गंभिर ध्यानाकर्षण भएको बताइएको छ ।
ध्यानाकर्षण पत्रमा भनिएको छ–गढवा र राजपुर क्षेत्रमा वसोवास गर्ने उद्योगि ब्यवसायीहरु र आम नागरिकहरुले नियमित रुपमा बिद्युत्त शुल्कः भुक्तानी गरिरहँदा पनि झ्याप्प–झ्याप्प लाईन कटीरहने, लमही नपा तथा राप्ती गापामा लाईन हुँदा गढवा र राजपुरमा बिद्युत्त प्रसारण सेवा नहुने र पटक–पटक बिद्युत्त अवरुद्ध हुने समस्याले हामी प्रताडित त भएकै छौं त्यसमा पनि भूगोल हेपिएको हामीलाई महसुस भएको छ । दुर्गम वस्तीका नागरिकहरु र ब्यवसायीहरुले बिद्युत्त कार्यालय सम्म गुनासो नगर्ने भएकै कारण पनि यो समस्या भएको हुनसक्ने हामीले महसुस गरेका छौं । यस क्षेत्रमा दैनिक रुपमा धेरैपटक बिद्युत्त लाईन अवरुद्ध हुने, बेलुका खाना पकाउन, खाना खाने र रातमा सुत्ने समयमा समेत लाईन काटिरहनु हामीलाई सहिय विषय भएको छैन । यो समस्यालाई निराकरण गर्न गढवा–७ को भेडेदुम्नामा नेपाल बिद्युत्त प्राधिकरणको सव–स्टेशन राख्ने जग्गा गढवा गाउँपालिकाले कार्यपालिकाको बैठकबाट समेत निर्णय गरि ब्यवस्थापन गरेको तर बिद्युत्त प्राधिकरणले हालसम्म पनि सव–स्टेशन निर्माण कार्यमा बिलम्ब गरेको उद्योग बाणिज्य संघले ध्यानाकर्षण पत्र मार्फत बताएको छ ।
स्थानीय सरकारले उपलब्ध गराएको जग्गामा बिद्युत्त सव–स्टेशन निर्माण गर्ने कार्यकालागि अबिलम्ब सम्वन्धित निकायमा पूर्ण पहल गर्न गढवा उद्योग बाणिज्य संघ जोडदार माग गरेको छ । गढवा र राजपुर क्षेत्रमा हाल भैरहेको बिद्युत्त सेवामा सुधार गरि पटक–पटक लाईन काटिने समस्या तत्काल समाधान गर्न र अघोषित लोडसेडिङ बन्द गर्न बिद्युत्त कार्यालयलाई हामी जोडदार ध्यानाकर्षण गराउँछौं उक्त पत्रमा भनिएको छ । संघले यो समस्या समाधान नभएमा बिद्युत्त कार्यालय लमही र फियूज सेवा कार्यालय गढवामा धर्ना तथा तालावन्दीको कार्यक्रम घोषणा गर्न बाध्य हुने बताएको छ ।
ध्यानाकर्षण पत्र बुझ्दै कार्यालय प्रमुख युवराज रावतले राजपुर र गढवा क्षेत्रको एकमात्र फिडर रहेको र यसले झण्डै १५० किमीको प्रसारण दुरीमा काम गर्ने भएकोले जंगल एरियामा एक ठाउँमा मात्र रुखहरुका कारण लाईन अवरुद्ध हुँदा दुवै पालिकाका सबै स्थानमा लाईन काटिने समस्या भएको औंल्याए । नेपाल बिद्युत्त प्राधिकरण लमही वितरण केन्द्रका प्रमुख युवराज रावतले गढवा गाउँपालिकाले उपलब्ध गराएको जग्गामा सव–स्टेशन निर्माणकालागि ईआइबि प्रोजेक्टलाई ठेक्का टेण्डर समेत भै सकेको र निर्माण कार्य पुरा भएमा गढवा र राजपुरका कुनैपनि गाउँमा बिद्युत्त आपूर्तिमा कुनै समस्या नआउने बताए । उनले भने –हामीले समस्या बुझेका छौं यसको एकमात्र बिकल्प सव–स्टेशन निर्माण कार्यलाई छिट्टै अगाडी बढाउछौं ।
ध्यानकर्षण पत्र बुझाउने टोलीमा गढवा उद्योग बाणिज्य संघका अध्यक्ष ओंम प्रकाश बसेल, संस्थापक अध्यक्ष युवराज पोखे्रल, पूर्व अध्यक्ष रविलाल आचार्य, बरिष्ठ उपाध्यक्ष मधा न्यौपाने, उपाध्यक्ष चिन्ता प्रसाद पोखे्रल, पत्रकार तथा संघका प्रेस सल्लाहकार शिबराज पन्थी,कोषाध्यक्ष तथा पत्रकार दुखहरण यादव, पत्रकार प्रियास्मृति गजमेर, संघका सदस्य डेगमान जिसी लगायतको उपस्थिति रहेको थियो ।
यसैगरी संघले नेपाल बैंक लिमिटेडको शाखा कार्यालय गढवा र राजपुरलाई केन्द्रित गरि गढवा बजारमा स्थापना गर्न नेपाल बैंक लिमिटेडको केन्द्रिय कार्यालयमा डेलिगेशन जाने र गढवा गाउँपालिकालाई कार्यपालिकाको बैठकबाट निर्णय गरि सो बैंकको शाखा गढवामा स्थापना गर्न पहल गर्न अनुरोध गर्ने योजना समेत बनाइएको संस्थापक अध्यक्ष युवराज पोख्रेलले बताएका छन् ।

