
Lnp
Pbu
Sgr
Srbpu
Rgp1
pku
Ggp
Unsku
Rgp

Rgu
Ksm
Vor
nsb
Ggd
Ssm
Pvg
Asm
Hal
Sls
Tsm
Rsb
Rgu
Bbu
Sbs
Bbbpu
Wsp
Gst
Rgs

Abd
Mks
Bml
bbt
Gsb
Syp
sab
Jmb
Jmb
Pls
Rpp
Ptm
Rmb
काठमाडौँ । आज साउन सङ्क्रान्ति,विभिन्न कार्यक्रमका साथ पर्व मनाइँदै छ । असार महिनाभर धान रोपाइँ लगायतका खेतीपातीका कारण थाकेका किसान हिलो मैलो पखाली घरपरिवार र आफन्तका साथ रमाइलो गरी भोज खाएर साउने सङ्क्रान्ति पर्व मनाउने गर्द छन् ।
त्यस्तै हिलो माटोमा काम गर्नु पर्ने भएकाले छालासम्बन्धी रोग नलागोस् भनेर साउने सङ्क्रान्तिको दिन लुतो फाल्ने प्रचलनसमेत रहेको छ । परम्परानुसार कागभलायो, कुकरडाइनो, लुतेझार,पानीअमला,कागती,अम्बा,नासपाती आदि औषधिका रूपमा समेत प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फालिन्छ ।
लुतो फाल्दा आ–आफ्नो कुल परम्परानुसार नाङ्लो ठटाउने, सङ्ख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन छ । यसो गर्दा छालासम्बन्धी कुनै पनि रोग नलाग्ने विश्वास छ । साउन महिना भगवान् शिवको पूजा गरेर पनि मनाइन्छ ।महिलाहरूले हरियो चुरा, रातो, पहेँलो वस्त्र, मेहन्दी लगाउँछन् र साउनको प्रत्येक सोमबार व्रत बसेर शिवको पूजा गर्दछन् ।
त्यस्तै साउन महिनाभर देशभरका शिवालय विशेष गरी पशुपतिनाथ मन्दिरमा भक्तजनको विशेष भीड लाग्छ। साउन महिना शिवजीको र सोमबारलाई शिवको बार भनिन्छ। यसैले साउन महिना एवं सोमबार शिवालयमा भक्तजनको विशेष भीड लाग्ने र पुजापात हुने गर्द छ ।
