
Unsku
Gipsg
Gsg
Sebsg
Gst
gst
Gipsg
Gmssl
Pbu

Vor
Gst
Rgu
Bbbpu
Asm
Tsm
Hal
nsb
Sls
Rsb
Pvg
Bbu
Sbs
Rgs
Ggd
Ssm
Rgu
Ksm
Wsp

sab
bbt
Rpp
Bml
Ptm
Gsb
Jmb
Mks
Jmb
Syp
Rmb
Abd
Pls
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले गृहमन्त्री सुधन गुरुङ को कार्यशैलीप्रति असन्तुष्टि जनाउन थालेका छन् । जिल्ला अनुगमनका क्रममा सम्बन्धित क्षेत्रका जनप्रतिनिधिलाई जानकारी नगरिएको भन्दै पार्टीभित्रै प्रश्न उठेको हो ।
काभ्रे–१ का सांसद मधु चौलागाईं ले प्रधानमन्त्री बालेन्द्र शाह सँगको छलफल तथा संसदीय दलको बैठकमा गृहमन्त्रीको शैलीको आलोचना गरेका छन् । त्यस्तै धादिङ–१ की सांसद आशिका तामाङ ले पनि समन्वय अभावबारे गुनासो गरेकी थिइन् ।
सांसद चौलागाईंका अनुसार गृहमन्त्री गुरुङ काभ्रे–१ मा निरीक्षणमा जाँदा आफूलाई जानकारी नगराइएकोप्रति असन्तुष्टि व्यक्त गरिएको हो । उनले भने, “हाम्रो क्षेत्रमा जाँदा त्यहाँका समस्या हामीलाई थाहा हुन्छ, जनप्रतिनिधिलाई साथमा लिएर गएको भए अझ राम्रोसँग अवस्था बुझिन्थ्यो।”
गृहमन्त्री गुरुङ गत मंगलबार काभ्रेको रोशी खोलाको निरीक्षणका लागि पुगेका थिए । सो क्रममा उनले अवैध क्रसर उद्योगहरू बन्द गर्न निर्देशन दिएका थिए । गिट्टी–बालुवा उत्खननका कारण पहिरोको जोखिम बढेको भन्दै उनले कडाइ गर्ने बताएका थिए ।
सांसद चौलागाईंले विपद् व्यवस्थापनजस्ता संवेदनशील विषयमा स्थानीय जनप्रतिनिधिसँग समन्वय अपरिहार्य हुने बताए । साथै सुरक्षा दृष्टिले पनि सम्बन्धित क्षेत्रका प्रतिनिधिलाई जानकारी गराउनुपर्ने उनको भनाइ छ ।
प्रधानमन्त्री शाहसँगको छलफलमा उठाइएको यो विषयमा तत्काल स्पष्ट प्रतिक्रिया नआएको बताइएको छ । यद्यपि संसदीय दलको आगामी बैठकमा गृहमन्त्रीलाई यसबारे जानकारी गराउने तयारी भएको चौलागाईंले बताए ।
यता गृहमन्त्री गुरुङ भने विभिन्न जिल्लामा पुगेर विकास आयोजनाको स्थलगत निरीक्षण गर्दै निर्माण कम्पनीहरूलाई समयमै काम सक्न निर्देशन दिँदै आएका छन् ।
