
Unsku
Pes
sbs
Rgp
Sgr
Lnp
Pbu
cjs
pku
Rgp1
Srbpu
Gfs
Ggp
Djs

Asm
Vor
Gst
Rsb
Rgu
Rgs
Bbbpu
Sbs
Sls
Ksm
Rgu
Pvg
Hal
Bbu
Ssm
Ggd
Wsp
Tsm
nsb

Gsb
Rpp
Jmb
Pls
Rmb
sab
Jmb
bbt
Bml
Abd
Ptm
Syp
Mks
काठमाडौं । नव नियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनीयताको शपथ लिंदै छन् ।
आज बिहान ११ बजेका लागि पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । प्रधानमन्त्रीमा दाबी पेश गर्ने समय सकिएपछि आइतबार बेलुकी ५ बजेपछि राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका थिए ।
त्यस्तै उनलाई राष्ट्रपति पौडेलले संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री नियुक्त गरेका हुन् । २८ असारमा प्रतिनिधिसभामा विश्वासको मत नपाएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीबाट पदमुक्त भएका थिए । त्यसै दिन राष्ट्रपति पौडेलले दुई दिनको समय दिएर प्रधानमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका थिए भने एमाले अध्यक्ष ओलीले नेपाली कांग्रेससहितका दलको सांसदहरुको समर्थन आफूलाई रहेको भन्दै दाबी पेस गरेका थिए ।
यस्तै प्रधानमन्त्री नियुक्त भएसँग ओलीले मन्त्रिपरिषद गठनको तयारी थालेका छन् । मन्त्रीको नाम टुंगो लागेपछि छिट्टै मन्त्रिपरिषद विस्तार हुने नेताहरूले बताएका छन् ।
