
Rbs
Pbu
Nssbus7
syysr
Gsbus
Gsl
Jsbus
Amb
Ratbs
Ssbus
Bksbus5
gms
Ddhbs
dsbus
Syees
Csbus

Pvg
Bbu
Asm
Tsm
Wsp
Ggd
Gst
Hal
Rgu
Rgs
Ssm
Rgu
Ksm
Bbbpu
Rsb
Vor
Sls
Sbs
nsb

Gsb
Jmb
Rpp
sab
Syp
Bml
Pls
Ptm
Rmb
bbt
Jmb
Mks
Abd
दाङ । देउखुरीको लमहीमा शैक्षिक सत्र २०८१ बट संचालनमा आएकोे गुरुकुल एकेडेमी लमहीको प्रधानाध्यापकमा सुरज खनाल नियुक्त भएका छन् ।
आज बसेको विद्यालय संचालक समितिको बैठकले लामो समय शिक्षा क्षेत्रको अनुभव बटुलेका खनाललाई प्रधानाध्यापकमा नियुक्त गर्ने निर्णय गरेको हो । नव नियुक्त प्रधानाध्यापक खनालले यहीँ श्रावण २ गतेबाट जिम्मेवारी सम्हालेका हुन् ।
पदभार ग्रहण गर्दै नवनियुक्त प्रधानाध्यापक खनालले गुरुकुल एउटा उत्कृष्ट विद्यालय भएको र सम्पूर्ण यस विद्यालयका अभिभावकहरुका बालबालीकाहरु यहीँ उत्कृष्ट विद्यालयमा अध्ययनरत भएको हुँदा सम्पूर्ण विद्यार्थीहरुको उज्ज्वल भविष्यका लागि विद्यालयले गर्नुपर्ने सम्पूर्ण जिम्मेवारी आफुले पुरा गर्ने बताउदै अभिभावकहरुलाई ढुक्क हुन आग्रह समेत गरेका छन् । साथै विद्यालयलाई सफल बनाउनको लागि सम्पूर्ण अभिभावक,कर्मचारी,विद्यार्थी र संचालक समितिको पूर्ण सहयोगको आवश्यक रहने भएकाले सम्पूर्णमा सहयोग गर्न समेत अपिल गरे ।
पछिल्लो समय बढ्दै गएको नँया नँया प्रविधिहरु प्रयोग गरी विद्यार्थीहरुलाई अध्यापन गराउने समेत उनले बताए । यसैगरी नवनियुक्त प्रधानाध्यापकलाई स्वागत गर्दै विद्यालय संचालक समितिका अध्यक्ष ई. अनन्तराज घिमिरेले जिल्लामा गुणस्तरीय शिक्षा संगै अब्बल शैक्षिक संस्थाका रुपमा गुरुकुल एकेडेमी लमहीलाई कायम राख्न नवनियुक्त प्रधानाध्यापकले महत्वपूर्ण भुमिका खेल्ने बताए ।
गुरुकुल एकेडेमी घोराहीमा स्थापना भएको ९वर्षको अवधिमा महत्वपूर्ण उपलब्धिहरु हासिल गरेको भन्दै उनले ति उपलब्धिहरुलाई संस्थागत गर्दै लक्ष्य प्राप्तिका लागि खनालले नेतृत्वदायि भुमिका खेल्नेमा विश्वास गरे ।दाङको घोराहीमा जन्मिएका खनालले घोराहीकै महेन्द्र बहुमुखि क्याम्पसबाट ब्याचलर गरेका थिए । यसैगरी त्रिभुवण युनिभर्सिटिबाट मास्टर गरेका खनालले एमफिल पोखरा युनिभर्सिटिबाट गरेका हुन् ।
बिगत ९ वर्ष काठमाडौं पद्य्मकन्या क्याम्पसमा अध्यापन गरी अनुभव बटुलेका खनाल गुरुकुल एकेडेमी लमहीमा २०८० सालबाट सहायक प्रधानाध्यापकमा नियुक्त भएका थिए । यसैगरी विद्यालय संयोजकमा एलिसा शर्मा नियुक्त भएका छन् ।

