देउखुरीमा मोटरसाइकलको ठक्करबाट एक बालिकाको मृत्यु

दाङ । देउखुरीमा मोटरसाइकलको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका वडा नम्बर १ नर्ती बस्ने चन्द्र प्रसाद चौधरीका दस वर्षकी छोरी स्वस्तिका चौधरी रहेकी छिन् । आइतबार बेलुका अन्दाजी ७ बजेर ४० मिनेटको समय बाटो क्रस गर्ने क्रममा महेन्द्र राजमार्गको पश्चिमबाट पुर्व तर्फ जादै गरेको लु ९५ प ८९५ नम्बरको […]

प्रधानमन्त्री ओलीले प्रतिनिधि सभामा पाए दुई तिहाइको विश्वास मत

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले दुई तिहाइ सांसदको समर्थन पाएका छन् । कुल २७५ सदस्यमध्ये आइतबार ओलीले राखेको विश्वासको मत सम्बन्धी प्रस्तावको पक्षमा १८८ सांसदले ओलीको पक्षमा मतदान गरेका हुन् । विपक्षमा ७४ मत पर्‍यो भने एक मत तटस्थ रहेको छ । संसदमा आइतबार २६३ जना उपस्थित थिए । त्यस्तै प्रधानमन्त्री ओलीलाई नेपाली […]

लुम्बिनीका मुख्यमन्त्री महराद्वारा राजीनामा,एमालेले दावी पेश गर्दै

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले पदबाट राजीनामा दिएका छन् । उनको राजीनामा पछि मुख्यमन्त्रीमा नेकपा एमालेले दाबी पेश गर्ने तयारी गरेको छ । त्यस्तै एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री महराले आज विश्वासको मत लिने कार्यसूची थियो । तर विश्वासको मत नपुग्ने निश्चित भएपछि उनले प्रदेश सभालाई सम्बोधन गर्दै पदबाट राजीनामा दिएका हुन् । […]

आज प्रधानमन्त्री ओलीले विश्वासको मत लिँदै

काठमाडौं । आज प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिँदै छन् । त्यसका लागि प्रतिनिधि सभाको बैठक आज दिउँसो एक बजे बस्दै छ । दुई वा दुई भन्दा बढी दलको समर्थनमा नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । प्रधानमन्त्री ओली नेपाली कांग्रेससमेतको समर्थनमा ३० असारमा प्रधानमन्त्री नियुक्त भएका थिए । […]

आज गुरु पूर्णिमाको दिन,आफूलाई शिक्षा दिने गुरुप्रति श्रद्धाभाव प्रकट गरी मनाइँदै

काठमाडौँ । आषाढ शुक्ल पूर्णिमा अर्थात आज गुरु पूर्णिमाको दिन आफूलाई शिक्षा प्रदान गर्ने गुरूप्रति श्रद्धाभाव प्रकट गरी मनाइँदै छ । वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्म जयन्तीका अवसरमा वैदिक कालदेखि नै मनाउने गरिएको व्यास जयन्तीलाई गुरु पूर्णिमाका रूपमा लिने गरिएको हो । वेदव्यासले वेदान्त, अठार पुराण, उपनिषद लगायतका धार्मिक ग्रन्थ लेखी हिन्दु संस्कृतिलाई […]

राप्ती नदी उकास क्षेत्रमा ७ हजार बढी बेत बास राेपियाे

दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर २ कठाहा स्थित राप्ती नदी उकास क्षेत्रमा ७ हजार बढी बेत बासका बिरुवाहरु राेपिएकाे छ । साे क्षेत्रलाई सार्वजनिक वन बनाउने उदेश्यले राप्ती गाउँपालिकाकाे सहयोग तथा कठाहाका स्थानीय उपभोक्तहरुकाे जनश्रमदान मार्फत उक्त विरुवाहरु राेपिएकाे हाे । बहुउपयाेगी बनस्पति भएकाले अरु फलफूलका बिरुवाहरु सँगै बेत बास पनि राेपिएकाे राप्ती […]

गुरुकुल एकेडमी घोराहीद्वारा कक्षा ११ का नव आगन्तुक विद्यार्थीहरूलाई अभिमुखीकरण

दाङ । घोराही स्थित गुरुकुल एकेडेमीले कक्षा ११ का नव आगन्तुक विद्यार्थीहरूका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । आज शनिवार एक कार्यक्रमको आयोजना गरी कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुलाई उच्च शिक्षाको बारेमा अभिमुखीकरण गराएको हो । २०७८साल बाट प्लसटु (व्यवस्थापन समूह तथा विज्ञान )संकाय सचालन गर्दै आएको छ । शैक्षिक सत्र २०८१ का […]

राजपुरमा झुन्डिएर एक पुरुषको मृत्यु

दाङ । देउखुरीको राजपुरमा गएराति झुन्डिएर एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा राजपुर गाउँपालिका वडा नम्बर ७ गोठुवाका ३८ वर्षीय डिलबहादुर खत्री रहेका छन् । खत्रीले शुक्रबार बेलुका घरमा कोही नभएको समय अन्दाजी सवा नौ बजे तिर झुन्डिएर आत्मा हत्या गरेको प्रहरीले बताएको छ । पारिवारिक झैझगडाका कारणनै खत्रीले कच्ची घरको बोलामा डोरी […]

गढवा गाउँपालिकाको न्यायिक समितिद्वारा अठासी विवाद समाधान

दाङ । देउखुरीको गढवा गाउँपालिका अन्तर्गत न्यायिक समितिले चालू आर्थिक वर्ष ०८०/८१ मा अठासी विवाद समाधान गरेको छ । न्यायिक समितिले चालू आवको १ साउनदेखि ३० असारसम्म अठासी विवाद समाधान गरेको हो । गढवा गाउँपालिका न्यायिक समितिका अनुसार आर्थिक वर्ष ०७९/८० बाट दायित्व सरी आएका १५ र चालू आर्थिक वर्षको गत १ साउनदेखि ३० असारसम्म दर्ता भएका […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]