दाङ । देउखुरीको राजपुरमा गएराति झुन्डिएर एक पुरुषको मृत्यु भएको छ ।
मृत्यु हुनेमा राजपुर गाउँपालिका वडा नम्बर ७ गोठुवाका ३८ वर्षीय डिलबहादुर खत्री रहेका छन् । खत्रीले शुक्रबार बेलुका घरमा कोही नभएको समय अन्दाजी सवा नौ बजे तिर झुन्डिएर आत्मा हत्या गरेको प्रहरीले बताएको छ ।
पारिवारिक झैझगडाका कारणनै खत्रीले कच्ची घरको बोलामा डोरी बाधेर आत्मा हत्या गरेको पाइएको ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख प्रहरी निरीक्षक कालिका कार्कीले जानकारी दिइन् ।
त्यस्तै झुन्डिएर आत्मा हत्या गर्ने खत्रीको घरमा श्रीमती,एक छोरा र एक छोरी रहेका छन् । अहिले उनको सबलाई पोस्टमार्टमका लागि लमही अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।