तुलबहादुर कवँर मगर/राप्ती गाउँपालिका शनिबार, साउन ०५, २०८१

दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर २ कठाहा स्थित राप्ती नदी उकास क्षेत्रमा ७ हजार बढी बेत बासका बिरुवाहरु राेपिएकाे छ ।

साे क्षेत्रलाई सार्वजनिक वन बनाउने उदेश्यले राप्ती गाउँपालिकाकाे सहयोग तथा कठाहाका स्थानीय उपभोक्तहरुकाे जनश्रमदान मार्फत उक्त विरुवाहरु राेपिएकाे हाे । बहुउपयाेगी बनस्पति भएकाले अरु फलफूलका बिरुवाहरु सँगै बेत बास पनि राेपिएकाे राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले बताए ।

“बेतबास बहुउपयाेगी वनस्पति हाे । यसले भूक्षय रोक्न र माटोको संरचना सुधार गर्न तथा वातावरणबाट धेरै मात्रामा कार्बन डाइअक्साइड शोषण गरि हावा सफा राख्न मद्दत गर्छ ।”,अध्यक्ष विष्टले भने -“बेतबासबाट फर्नीचर,भाँडाकुँडा, कागज, कपडा र अन्य दैनिक प्रयोगका धेरै वस्तुहरू बनाउन प्रयोग गरिन्छ । अहिले राेपिएकाे बास भविष्यमा विपन्न नागरिकहरुकाे आर्थिक आय आर्जनको स्राेत बन्न सक्छअध्यक्ष विष्टले बताए ।”

त्यस्तै अध्यक्ष विष्टले पालिकाकाे विभिन्न वडामा रहेका सार्वजनिक जग्गालाई संरक्षण गरि त्यसबाट लाभ लिने उद्देश्य रहेको बताए । शनिबार मात्रै साे क्षेत्रकाे साढे ६ हेक्टर क्षेत्रफलमा ७ हजार ३ सय बेत बासका बिरुवाहरु राेपिएकाे गाउँपालिकाका वन प्राविधिक बिपिन भुसालले जानकारी दिए ।

बास राेपण कार्यक्रममा गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट सँगै अन्य जनप्रतिनिधि,समाजसेवी, बुद्धिजीवी,वन प्राविधिक वन लगायत १ सय बढी स्थानीय उपभोक्तहरुकाे सहभागिता रहेको थियो । करिब २० हेक्टर नदि उकास जग्गा रहेको साे क्षेत्रमा गत महिना पनि विभिन्न फलफूल प्रजातिका ४ हजार ५ सय बिरुवाहरु राेपिएकाे थियो।

यसैबीच शनिबार नै वडा नम्बर २ कै धार्मिक तथा पर्यटकीय स्थल हर्सेडाँडामा पनि विभिन्न प्रजातिका फलफूलका विरुवाहरु राेपिएकाे छ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]