
Nssbus7
Pbu
Amb
Gsl
dsbus
Syees
Ddhbs
syysr
Bksbus5
Csbus
Ssbus
gms
Ratbs
Jsbus
Gsbus
Rbs

Wsp
Bbbpu
Tsm
Sbs
Pvg
Hal
Ksm
Gst
Bbu
nsb
Rsb
Rgu
Vor
Rgu
Ssm
Sls
Ggd
Rgs
Asm

Abd
sab
Gsb
Jmb
Mks
Ptm
Syp
Jmb
Rmb
Bml
Rpp
bbt
Pls
दाङ । घोराही स्थित गुरुकुल एकेडेमीले कक्षा ११ का नव आगन्तुक विद्यार्थीहरूका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।
आज शनिवार एक कार्यक्रमको आयोजना गरी कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुलाई उच्च शिक्षाको बारेमा अभिमुखीकरण गराएको हो । २०७८साल बाट प्लसटु (व्यवस्थापन समूह तथा विज्ञान )संकाय सचालन गर्दै आएको छ । शैक्षिक सत्र २०८१ का लागि कक्षा ११ मा भर्ना भएका विद्यार्थीका लागि आयोजना गरिएको अभिमुखीकरण कार्यक्रममा बोल्दै कार्यक्रमका अध्यक्ष तथा विद्यालय प्रधानाध्यापक डा. कृष्णराज डिसिले विद्यालयले विगत लामो समयदेखि उत्कृष्ट नतिजा प्रदान गर्दै आएको र आगामी दिनमा गुणस्तर शिक्षा प्रदान गर्न विद्यालय प्रतिवद्ध रहेको बताए ।
उनले सैंदान्तिक शिक्षा संगै ब्यबहारीक शिक्षामा पनि जोड दिदै लगेको बताए । विगतका बर्षदेखि नै शैक्षिक तथा अतिरिक्त गतिविधिमा उत्कृष्ट नतिजा दिँदै आएका विद्यालयले आगामी दिनमा पनि विद्यार्थीहरुका लागि गुणस्तरीय शिक्षाका साथै आवश्यक व्यवहारिक सीपमा अब्बल बनाउने गरी अगाडि बढाउने बताए । कार्यक्रममा विद्यार्थीहरुलाई मोटिभेट गर्दै गुरुकुल एकेडेमीका प्लस टु संयोजक निमानन्द गैरेले किताबी ज्ञानसँगै व्यवहारिक शिक्षा समेत प्रदान गर्दै आएको र विद्यार्थीलाई शिक्षासँगै संस्कार र अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने गरी शैक्षिक गतिबिधि संचालन गर्ने बताए । उत्कृष्ट शिक्षक,सुविधासम्पन्न भौतिक संरचना, यातायातको सुविधा,खेल मैदानको सुविधा सहित विद्यार्थिहरु सम्पुर्ण विद्यार्थिहरुका आवश्यकता पुरा हुने बताए ।
कार्यक्रममा नेपाली विषयका शिक्षक बिबेक देबकोटाले शुभकामना मन्तब्य राख्नुभएको थियो भने विद्यालयको बारेमा विज्ञान संयोजक अजय शाहले जानकारी गराएका थिए । यसैगरी विद्यालयका संस्कार प्रमुख भुगोल कंवार मगरले अनुशासनको बारेमा प्रशिक्षण दिएका थिए । अभिमुखिकरण कार्यक्रमका विद्यालयका विद्यार्थीहरुद्वारा गित तथा नृत्य समेत प्रस्तुत गरेका थिए ।
विद्यालयका संयोजक महेन्द्र पौडेलको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको संचालन गुरुकुल एकेडेमी प्रलस टु ब्यबस्थापन संयोजक राजन अधिकारीले गरेका थिए । कार्यक्रमको ब्यबस्थापन इसिए संयोजक विशालमान श्रेष्ठले गरेका थिए । कक्षा ११ कोे यहि श्रावण ९ गतेबाट दिवा तथा विहानी कक्षा संचालनमा आउने विद्यालयले जनाएको छ ।
