दाङ । देउखुरीमा मोटरसाइकलको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा लमही नगरपालिका वडा नम्बर १ नर्ती बस्ने चन्द्र प्रसाद चौधरीका दस वर्षकी छोरी स्वस्तिका चौधरी रहेकी छिन् । आइतबार बेलुका अन्दाजी ७ बजेर ४० मिनेटको समय बाटो क्रस गर्ने क्रममा महेन्द्र राजमार्गको पश्चिमबाट पुर्व तर्फ जादै गरेको लु ९५ प ८९५ नम्बरको मोटरसाइकलले ठक्कर दिदा बालिका गम्भीर घाइते भएकी थिइन् ।
मोटरसाइकल दुर्घटनाबाट निधार,मुख र चिउडोमा चोट लागेर गम्भीर घाइते भएकी बालिकालाई उपचारका लागि लमही अस्पतालमा भर्ना गरिएको थियो । बालिकाको उपचारका क्रममा मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख प्रहरी निरीक्षक प्रकाश भुसालले जानकारी दिए ।
त्यस्तै मोटरसाइकल चालक गढवा गाउँपालिका वडा नम्बर २ महादेवा बस्ने २९ वर्षका अपिल शर्मा रहेका छन् । उक्त दुर्घटनामा मोटरसाइकल चालक शर्माको चिउडो र बायाँ हातमा चोट लागेर घाइते छन् । घाइते शर्मालाई अहिले उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको प्रमुख भुसालले बताए । यस्तै उक्त मोटरसाइकललाई आफ्नो नियन्त्रणमा लिएर दुर्घटना सम्बन्धि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।