Sidha Patra आइतबार, साउन ०६, २०८१

काठमाडौँ । आषाढ शुक्ल पूर्णिमा अर्थात आज गुरु पूर्णिमाको दिन आफूलाई शिक्षा प्रदान गर्ने गुरूप्रति श्रद्धाभाव प्रकट गरी मनाइँदै छ ।

वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्म जयन्तीका अवसरमा वैदिक कालदेखि नै मनाउने गरिएको व्यास जयन्तीलाई गुरु पूर्णिमाका रूपमा लिने गरिएको हो ।

वेदव्यासले वेदान्त, अठार पुराण, उपनिषद लगायतका धार्मिक ग्रन्थ लेखी हिन्दु संस्कृतिलाई ठुलो गुन लगाएको मानिन्छ । संस्कृत शव्दगुरुको शाब्दिक अर्थ गुको अर्थ अन्धकार र रु को अर्थ प्रकाश भन्ने हुन्छ । गुरु शब्दको विग्रह गर्दा ‘गिरति अज्ञानं इतिःगुरु’ अर्थात अज्ञानलाई हटाएर ज्ञान प्रदान गर्ने व्यक्ति नै गुरु हो । आफूलाई शिक्षा प्रदान गर्ने गुरुको सम्मानमा शिष्यहरूले विभिन्न मिष्टान्न भोजनका साथ श्रद्धाभाव प्रकट गर्ने परम्परा रही आएको र गुरुलाई आमा बुबा सहर मान्ने चल रहिआएको वरिष्ठ ज्योतिष एवं पण्डित रुद्रनाथ अधिकारीले बताए ।

त्यस्तै उनले भने,‘नेपालमा धर्म र संस्कृतिको क्षेत्र साँघुरो हुँदै गइरहेको छ । हामीले हाम्रो रितिलाई धर्मसँग मिलायौँ । अनि धर्मलाई पेसासँग । जसका कारण धर्म विशुद्ध रूपमा प्रयोग भएको छैन । विषेशगरि गुरु पूर्णिमाको दिन भनेको सम्पूर्ण सठशास्त्रको लिपिबद्ध गरी प्रतिपादन गरेर लोक कल्याणार्थ प्रकाशन गरिएको अवसरमा मनाइँदै आएको छ । र भगवान् वेदव्यासको जन्म जयन्तीको अवसर भएका कारणले पनि यस दिनलाई गुरुहरू प्रति श्रद्धा र सम्मान गरी मनाइँदै आएको छ ।’

यस्तै हिजोको दिनमा विश्वमा लिखित संविधानहरू नबनिसकेको अवस्थामा समाज परिचालन गर्ने गुरुहरू र वेद व्यासका रचनाहरूको सम्मान गर्न अति जरुरी रहेको ज्योतिष अधिकारीको भनाइ रहेको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]