पछिल्लो १२ घण्टाको अन्तरालमा पश्चिम नेपालको दुई स्थानमा भुकम्पको धक्का

काठमाडौं । १२ घण्टाको अन्तरालमा पश्चिम नेपालमा दुई वटा भूकम्पको धक्का महसुस गरिएको छ। सोमबार दिउँसो १ः१४ बजे बझाङको रयाल केन्द्र गरी ४.१ म्याग्नीच्युडको भूकम्प गएको छ । यस्तै बिहान ३ः५१ बजे दार्चुलाको मुराइ केन्द्र गरी ४.२ म्याग्निच्युडको भूकम्पको धक्का महसुस गरिएको हो। पछिल्लो समय देशको पश्चिमी भूभागमा भकम्पको धक्का गइरहेका छन्। त्यस्तै चैत ३ […]

लुम्बिनीमा विश्व शान्ति मन्दिर निर्माणलाई तीव्रता

काठमाडौं । बुद्ध जन्मस्थल लुम्बिनीमा विश्व शान्ति, सहअस्तित्व र करुणाको सन्देश फैलाउने उद्देश्यसहित विश्व शान्ति मन्दिरको निर्माणलाई तीव्रता दिइएको छ । मन्दिरका प्रमुख श्याल्पा तेन्जिन रिन्पोछेले ‘सर्वे भवन्तु सुखिनः,सर्वे सन्तु निरामयाः’भन्ने बौद्ध दर्शनलाई आत्मसात् गर्दै विश्वमा शान्ति स्थापना गर्ने लक्ष्यसहित मन्दिर निर्माण अघि बढाइएको जानकारी दिए । उनका अनुसार मानवता, मैत्री र अहिंसाको उज्यालो फैलाउने […]

पोखरा विमानस्थल भ्रष्टाचारमा पूर्व पर्यटन सचिव सहित २१ जना र कम्पनीबिरुद्ध मुद्दा दायर

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता गरेको आरोप सहित तत्कालीन पर्यटन सचिव केदारबहादुर अधिकारीसहित २१ व्यक्ति र २ कम्पनीलाई प्रतिवादी बनाएर विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीका अनुसार कुल २३ प्रतिवादीविरुद्ध मुद्दा दर्ता भएको हो । उनका अनुसार ४६ करोड १५ लाख ८४ हजार ४३४ रुपैयाँ […]

अबदेखि राष्ट्रिय परिचयपत्र र नागरिकताका लागि छुट्टाछुट्टै फारम भर्न नपर्ने

काठमाडौं । सरकारले केन्द्रिकृत नागरिकता व्यवस्थापन सूचना प्रणाली र राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीबीच अन्तरआबद्धता गरी सेवा प्रवाह शुरु गरेको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार आज जिल्ला प्रशासन कार्यालय ललितपुरको निरीक्षणको क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सो जानकारी दिएका हुन् । यससँगै सेवाग्राहीले एउटै प्रकृतिका विवरणका लागि विभिन्न सरकारी निकायमा छुट्टाछुट्टै फारम भर्नुपर्ने नपर्ने भएको […]

लमहीमा सेवाग्राहीमैत्री सेवा प्रवाहतर्फ राजश्व संकलनमा‘सूत्र’ प्रणाली लागू हुदैं

दाङ । देउखुरीको लमही नगरपालिकाले राजश्व संकलन प्रक्रियालाई थप सहज, सरल र सेवाग्राहीमैत्री बनाउने उद्देश्यसहित ‘सूत्र’ प्रणालीमार्फत सेवा प्रवाह सुरु हुदैं छ । नगरपालिकाले राजश्व शाखा तथा वडा कार्यालयमा कार्यरत कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्न विशेष तालिम सञ्चालन गर्दै आधुनिक प्रविधिमा आधारित सेवा प्रणाली लागू गर्ने पहल अघि बढाएको हो । “लमही नगर निर्माण,महाअभियान” अन्तर्गत राजश्व […]

पाल्पामा टिप्पर दुर्घटना हुँदा ४ जनाको मृत्यु

पाल्पा । पाल्पामा शनिबार बेलुकी भएको टिप्पर दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार झडेवाबाट रहबासस्थित चुनढुंगा खानीतर्फ जाँदै गरेको लु २ ख ४५२५ नम्बरको खाली टिप्पर साँझ करिब ६ बजे दुर्घटनामा परेको हो। माथागढी गाउँपालिका वडा नम्बर ७ रहबासस्थित झडेवा–रहबास भित्री कच्ची […]

लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यद्वारा ईद–उल–फित्र शुभकामना

दाङ । इस्लाम धर्मावलम्बीहरुको महान् पर्व ईद–उल–फित्र २०८२ का अवसरमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सम्पूर्ण नेपाली मुस्लिम समुदायमा शुभकामना व्यक्त गर्दै सामाजिक एकता,सहिष्णुता र समावेशी विकासलाई थप सुदृढ बनाउन आह्वान गरेका छन् । मुख्यमन्त्री आचार्यले जारी गर्नुभएको शुभकामना सन्देशमा धार्मिक पर्वहरूले समाजमा आपसी सद्भाव, मेलमिलाप र भाइचाराको भावना अभिवृद्धि गर्ने उल्लेख गरेका हुन् । […]

गढवामा ५० जना भूमिहीन कृषकलाई मौरीपालन तालिम,व्यवसायिक उत्पादनमा जोड

दाङ । देउखुरीको गढवा गाउँपालिका मा भूमिहीन कृषकलाई लक्षित गरी मौरीपालन सम्बन्धी तालिम दिईएको छ। गढवा गाउँपालिकाको कार्यालय र सामुदायिक आत्मनिर्भर सेवा केन्द्र (CSRC)को समन्वयमा आयोजित मौरीपालन तालिम पश्चात भूमिहिन किसानलाई व्यवसायिक रुपमा मौरीपालन व्यवसाय लाग्न जोड दिईएको छ। शुक्रबार गढवा गाउँपालिकाको सभाहलमा समापन कार्यक्रममा बोल्दै गढवा गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष लेख बहादुर […]

लमहीको विद्युत सबस्टेसनमा आगलागी हुँदा विद्युत आपूर्ति अवरुद्ध

दाङ । देउखुरीको लमही स्थित नेपाल विद्युत प्राधिकरणको १३२ केभी सबस्टेसनमा आगलागी भएको छ । आगलागी भएसँगै विद्युत आपूर्ति अवरुद्ध भएको छ । हावाहुरीसंगै विद्युत सर्ट हुँदा आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ। दिउँसो करिब २ बजेतिर आगलागी सुरु भएकोमा नियन्त्रणमा आउन सकेको छैन । त्यस्तै वडा प्रहरी कार्यालय लमहीका प्रमुख रोषणराज पाण्डेले आगो नियन्त्रणमा […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]