
Rbs
mbd
Gisld
Mbdvs
Pbu
Sds

Wsp
Asm
Pvg
Sbs
Rgs
Vor
Ggd
Rgu
Tsm
Bbu
Hal
Rsb
nsb
Gst
Sls
Ssm
Ksm
Bbbpu
Rgu

Jmb
Pls
bbt
Rpp
Rmb
Jmb
Syp
Gsb
Ptm
Abd
Bml
sab
Mks
कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता गरेको आरोप सहित तत्कालीन पर्यटन सचिव केदारबहादुर अधिकारीसहित २१ व्यक्ति र २ कम्पनीलाई प्रतिवादी बनाएर विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।
विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीका अनुसार कुल २३ प्रतिवादीविरुद्ध मुद्दा दर्ता भएको हो । उनका अनुसार ४६ करोड १५ लाख ८४ हजार ४३४ रुपैयाँ बिगो माग वादी गरिएको छ ।नपोखरा विमानस्थल चीनको ऋण सहयोगमा बनाइएको राष्ट्रिय गौरवको आयोजना हो। यसको निर्माण २०६५ सालदेखि अध्ययन सुरु भएर २०७९ सालमा सम्पन्न भएको थियो ।
त्यस्तै ८ चैत २०७२ मा नेपाल-चीन सरकारबीच १ अर्ब ३७ करोड युआन (लगभग २२ अर्ब ६१ करोड रुपैयाँ) को ऋण सम्झौता भएको थियो । यसमध्ये ३५ करोड ५९ लाख युआन निर्ब्याजी ऋण र बाँकी रकममा नेपालले विस २०९२ सालभित्र किस्ता र ब्याज चुक्ता गर्नुपर्ने सर्त थियो । यसके अनियमितता प्रकरणमा तत्कालीन पर्यटनसचिव केदारबहादुर अधिकारी सहित २१ व्यक्ति र २ कम्पनीबिरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको हो ।
