
Lnp
Rgp
Pbu
Srbpu
Rgp1
Sgr
Unsku
pku
Ggp

nsb
Ssm
Ksm
Rsb
Sbs
Rgu
Vor
Pvg
Tsm
Gst
Bbu
Rgu
Rgs
Bbbpu
Sls
Wsp
Hal
Ggd
Asm

sab
Syp
Bml
Rmb
Abd
Gsb
Rpp
Jmb
Pls
Mks
Jmb
Ptm
bbt
काठमाडौं । सरकारले रोल्पाको थवाङमा भएको जिप दुर्घटनाप्रति दुःख व्यक्त गर्दै देशभरको सडक सुरक्षा प्रणालीमा आवश्यक नीतिगत तथा संरचनागत सुधार गर्ने प्रतिबद्धता जनाएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शनिबार एक विज्ञप्ति जारी गर्दै दुर्घटनाको छानबिनका लागि गठित समितिको प्रतिवेदन प्राप्त हुनासाथ त्यसका सुझावहरूलाई तत्काल कार्यान्वयनमा लैजाने बताएको हो ।
त्यस्तै गत वैशाख १७ गते दिउँसो रोल्पाको थवाङ गाउँपालिका–१, सल्यापमा भएको जिप दुर्घटनामा २० जनाको ज्यान गएको थियो । उक्त घटनालगत्तै नेपाली सेना,नेपाल प्रहरी,सशस्त्र प्रहरी बल र स्थानीय बासिन्दाको सक्रियतामा उद्धार कार्य गरिएको सरकारले जनाएको छ । घटनाको सूक्ष्म छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न प्रधानमन्त्रीकै नेतृत्वमा रहेको गृह मन्त्रालयले लुम्बिनी प्रदेश प्रहरी कार्यालय, तुलसीपुरका प्रहरी उपरीक्षकको संयोजकत्वमा ४ सदस्यीय छानबिन समिति गठन गरेको थियो ।
समितिलाई दिइएको ३ दिनको समयावधि शनिबार समाप्त भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव एवं प्रवक्ता हेमराज अर्यालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सडक दुर्घटना नागरिकको जीवन र परिवारको भविष्यसँग जोडिएको अत्यन्तै गम्भीर विषय भएकाले यसमा देखिएका प्राविधिक तथा मानवीय कमजोरी सुधार्न कार्यालय दृढताका साथ अघि बढ्नेछ।’
त्यस्तै सरकारले सडक सुरक्षाका लागि आवश्यक नीतिगत र संरचनागत सुधार गर्न आफू पूर्ण प्रतिबद्ध रहेको समेत उल्लेख गरेको छ । विज्ञप्तिमार्फत मृतकहरुप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।
