
Ses
Lnp
Ggp
Unsku
Rgp
Pes
pku
Rgp1
Srbpu
cjs
Sgr
Pbu
Gfs
Djs

Sls
Gst
Rgs
Wsp
Ggd
Hal
Tsm
Rgu
Pvg
nsb
Vor
Sbs
Rgu
Ksm
Ssm
Asm
Rsb
Bbu
Bbbpu

Mks
Jmb
Rmb
Pls
Abd
Syp
bbt
Rpp
Jmb
Ptm
sab
Bml
Gsb
दाङ । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य ओमप्रकाश गुप्ताले प्रेस स्वतन्त्रता लोकतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्दै यसलाई कमजोर पार्ने कुनै पनि गतिविधि स्वीकार्य नहुने बताएका छन् ।
उनले पत्रकारहरुलाई जिम्मेवार, तथ्यमा आधारित र सत्यनिष्ठ भएर काम गर्न आग्रह गर्दै राज्यले पनि पत्रकारहरूको सुरक्षाको प्रत्याभूति गर्नुपर्ने बताए । “स्वतन्त्र प्रेस बिना लोकतन्त्र सुदृढ हुन सक्दैन,” उनले भने, “त्यसैले पत्रकारलाई स्वतन्त्र र निर्धक्कका साथ काम गर्ने वातावरण सिर्जना गर्नु राज्यको दायित्व हो ।”
विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा आइतवार राप्ती प्रेस मञ्चले लुम्बिनी प्रदेश सभा जाने बाटोमा आयोजना गरेको दिप प्रज्वलन कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् । उनले मिडियामाथि हुने हस्तक्षेप, आक्रमण तथा विभेद अन्त्य गर्न र सबै सञ्चार माध्यमलाई समान व्यवहार गर्न सरकारसँग माग समेत गरे । साथै पत्रकारहरुको पेशागत सुरक्षा, अभिव्यक्ति स्वतन्त्रता र सूचना पहुँच सुनिश्चित गर्न ठोस नीति तथा कार्यक्रम ल्याउन पनि आग्रह समेत गरे ।
कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले नेपालमा प्रेस स्वतन्त्रता संवैधानिक रूपमा सुनिश्चित भए पनि व्यवहारिक रुपमा अझै पूर्ण रुपमा कार्यान्वयन हुन नसकेको बताएका छन् । उनिहरुले पछिल्लो समय पत्रकारहरुलाई स्वतन्त्र रुपमा रिपोर्टिङ गर्ने वातावरण कमजोर बन्दै गएको भन्दै चिन्ता व्यक्त गरे । “पत्रकारिता स्वतन्त्र र निष्पक्ष हुनका लागि राज्यले सुरक्षित र सहज वातावरण सुनिश्चित गर्नुपर्छ,” वक्ताहरुको साझा भनाइ थियो ।
मञ्चका वरिष्ठ उपाध्यक्ष सन्तोष कुमार गुप्ताको अध्यक्षता एवम् नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य ओमप्रकाश गुप्ताको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । सो कार्यक्रममा एबिसी सञ्चार डटकमका सञ्चालक सागर थापा,मञ्चका कोषाध्यक्ष लक्ष्मी पोख्रेल, सदस्य मोतीराम भट्टराई लगायतका वक्ताहरुले बोलेका थिए । मञ्चका सचिव देवेन्द्रराज कडेल (श्रीधर)को स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन मञ्चका सदस्य विदुर एमसीले गरेका थिए ।
