
Sds
Mbdvs
Gisld
mbd
Pbu
Rbs

Sls
nsb
Vor
Hal
Ksm
Rgs
Ggd
Gst
Rgu
Ssm
Sbs
Wsp
Asm
Rgu
Rsb
Tsm
Bbu
Bbbpu
Pvg

Bml
Ptm
sab
Abd
Rmb
Rpp
Gsb
Syp
bbt
Jmb
Mks
Pls
Jmb
काठमाडौं । अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) सम्बन्धी अवैध कारोबार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
त्यस्तै पक्राउ पर्नेमा भारत पश्चिम बंगाल राज्य मोदिनीपुर मोयना थाना उत्तर श्रीकण्ठा ग्राम घर भई हाल ललितपुर महानगरपालिका वडा नम्बर १३ एकान्तकुना बस्ने ४१ वर्षीय प्रवेश अली, बाँके नेपालगञ्ज उपमहानगरपालिका–२० घर भई हाल काठमाडौं महानगरपालिका–६ बौद्ध जोरपाटी बस्ने ३१ वर्षीय नरेश रेउले तथा सर्लाही ईश्वरपुर नगरपालिका–३ भक्तिपुर घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका–२५ नख्खु बस्ने ३० वर्षीया दिप्ती पोखरेल रहेका छन् ।
यस्तै हुण्डी तथा अभौतिक मुद्रा सम्बन्धी अवैध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले नरेश रेउलेलाई काठमाडौं महानगरपालिका–२६ सामाखुशीबाट पक्राउ गरेको थियो । सोधपुछका क्रममा उनले दिप्ती पोखरेल र प्रवेश अलीका लागि यूएसडीटी खरिद–बिक्री गर्ने गरेको खुल्न आएको प्रहरीले जनाएको छ । त्यसपछि प्रहरीले दिप्ती पोखरेललाई काठमाडौं महानगरपालिका–२६ सामाखुशीस्थित रेडहन पुलबाट नगद १५ लाख ३० हजार रुपैयाँसहित पक्राउ गरेको थियो भने प्रवेश अलीलाई ललितपुर महानगरपालिका–१३ एकान्तकुनाबाट नियन्त्रणमा लिएको हो ।
त्यस्तै प्रारम्भिक अनुसन्धानका क्रममा प्रवेश अलीले मोबाइलमार्फत बाइनान्स आईडी प्रयोग गरी हालसम्म १ अर्ब ३६ करोड ८० लाख ४५ हजार ५ सय ८० रुपैयाँ ४ पैसा बराबरको कारोबार गरेको खुलेको प्रहरीले जनाएको छ । पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।विकास न्यूज
