
Sgr
cjs
Rgp
Rgp1
Djs
Unsku
Gfs
Ses
Srbpu
Pbu
Lnp
Pes
pku
Ggp
हुम्ला । हुम्लामा प्रसुती गराउन नसकेपछि एक गर्भवतीलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरेर सुर्खेत लगिएको छ । सिमकोट गाउँपालिका वडा नम्बर –४ बराउँसे गाउँकी २५ वर्षीया अस्मिता बुढालाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो । जिल्ला अस्पताल हुम्लामा सुत्केरी गराउन नसकेपछि बुढालाई सुर्खेतस्थित प्रार्देशिक अस्पताल सुर्खेत रेफर गरिएको सुत्केरीका श्रीमान उत्सव लामाले जानकारी दिए ।अनलाइनखबर
दाङ । घोराही उपमहानगरपालिका वडा नम्बर १०,सौडिकुलामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार गएराति भएको उक्त दुर्घटनामा मोटरसाइकलमा सवार घोराही–१२ का ३० वर्षीय बेलबहादुर पुनको घटनास्थलमै मृत्यु भएको हो । त्यस्तै दुर्घटनामा परेका मोटरसाइकल चालक घोराही–१० निवासी धनबहादुर घर्ती गम्भीर घाइते […]
काठमाडौँ । चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी देशभर भव्य साथ मनाइँदै छ । त्रेता युगमा अयोध्याका राजा दशरथ र महारानी कौसल्यादेवीको सुपुत्रका रूपमा श्री रामचन्द्रको जन्म चैत्र शुक्ल नवमीकै दिन भएको थियो । विष्णुको सातौँ अवतार मानिने उनको जन्म हुँदा पुनर्वसु नक्षत्र थियो । […]
काठमाडौं । आज प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दसैँ पर्वको अवसर घर-घरमा नव दुर्गा भगवतीको पूजा आराधना गरी मनाइँदैछ । वर्षमा चार नवरात्र पर्छन् । आसाढ र पुस शुक्ल पक्षमा पर्ने नवरात्र धेरै प्रचलनमा छैन । केही साधकले भने आसाढ र पुस शुक्ल पक्षको नवरात्रमा पनि शक्ति स्वरुपा देवीको आराधना गर्छन् । […]
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य फेरि वृद्धि गरेको छ । निगमले बुधबार साँझ पेट्रोल, डिजेल र मट्टितेलमा १५/१५ रुपैयाँ मूल्यवृद्धि गरेको एक सूचनामार्फत जानकारी दिएको छ । मूल्यवृद्धिपछि पेट्रोलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर १६९ रुपैयाँ ५० पैसाबाट बढेर १८४ रुपैयाँ पुग्दा दोस्रो वर्गका लाथिग १८६ रुपैयाँ र तेस्रो वर्गका लागि १८७ […]
दाङ । लुम्बिनी सांस्कृतिक नगरपालिकाको वडा नम्बर ५ ढोडहवामा ‘सरसफाइ अध्ययन केन्द्र’को उद्घाटन गरिएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मंगलबार उक्त केन्द्रको उद्घाटन गरेका हुन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले लुम्बिनी क्षेत्रलाई सरसफाइमा नमुना बनाउने दिशामा महत्वपूर्ण सुरुवात भएको बताए । उनले वर्षेनी १३ देखि १४ लाखसम्म पर्यटक आउने लुम्बिनी क्षेत्रमा […]
दाङ । राप्ती गाउँपालिकाले कृषकहरुलाई लक्षित गर्दै माटो सुधार तथा रासायनिक विषादीको सुरक्षित प्रयोगसम्बन्धी सचेतनामूलक तालिम प्रदान गरेको छ । मंगलबार वडा नम्बर ५ पहरुवामा उक्त कार्यक्रम आयोजना गरिएको हो । यसअघि वडा नम्बर ६, ७ र ८ मा तालिम सम्पन्न भइसकेको छ भने बाँकी अन्य वडाहरुमा पनि क्रमशः सञ्चालन गरिने कृषि शाखा प्रमुख बरसाती […]
डोटी । डोटीमा बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । यहाँको आदर्श गाउँपालिका वडा नम्बर ६ रौसेल्ला खोला नजिक मौवा–गिरीचौकको कच्ची सडकमा बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । त्यस्तै मृत्यु हुनेमा बोलेरो चालक आदर्श –३ काँडीस्याउलेका २२ वर्षीय सुवोध रोकाया र सोही स्थानका १९ वर्षीय कैलाश विक रहेको […]
दाङ । सार्वजनिक सुनुवाइ कार्यक्रममा उठेका जनगुनासो र युवा पुस्ताका प्रश्नहरूलाई आधार बनाएर लमही नगरपालिकाले सेवा प्रवाह, राजस्व व्यवस्थापन र विकास गतिविधिमा उल्लेखनीय सुधार गरेको जनाएको छ । सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत नगरपालिकाले सुनुवाइपछिका कार्यान्वयन अवस्था सार्वजनिक गर्दै जनउत्तरदायी शासनतर्फ आफू अग्रसर रहेको स्पष्ट पारेको हो । नगर प्रमुख जोगराज चौधरीले जनमतलाई सम्मान गर्दै नगरबासीको […]