सार्वजनिक बिदाको दिन अनुमतिपत्र नलिएर चलेका ३ वटा सरकारी गाडी प्रहरी नियन्त्रणमा

दाङ । देउखुरीमा बिदाको दिन सरकारी गाडीको दुरुपयोग रोक्न राप्ती प्रेस मञ्चले सडक रिपोर्टिङ कार्य शनिबार आजदेखि सुरु गरेको छ । लुम्बिनी प्रदेशको राजधानी स्थल राप्ती उपत्यका देउखुरीमा क्रियाशिल पत्रकारहरुको छाता संस्था राप्ती प्रेस मञ्चले सार्वजनिक बिदाको दिन हुने सरकारी गाडीको दुरुपयोग रोक्न सडक रिपोर्टिङ सुरु गरेको हो । मञ्चले जिल्ला प्रशासन कार्यालय दाङको समन्वय […]

राप्ती साहित्य परिषदको कार्यसमितिले पूर्णता पायो

दाङ । राप्ती साहित्य परिषदको केन्द्रीय कार्यसमितिले पूर्णता पाएको छ । शनिबार आज बसेको बैठकले ११ सल्लाहकार तथा ६ सदस्य मनोनित गरेसँगै कार्यसमितिले पूर्णता पाएको हो । परिषदका अध्यक्ष कमलमणि देवकोटाको अध्यक्षतामा बसेको बैठकले परिषदको विधान अनुसार ११ सदस्यीय सल्लाहकार र ६ जना सदस्य मनोनित गरेको छ । परिषदका सल्लाहकारमा नारायणप्रसाद शर्मा,डा.अमर गिरी,पुरुषोत्तम खनाल, डा.टीकाराम […]

लमहीमा लागुऔषध ब्राउनसुगर सहित एक महिला पक्राउ

दाङ । देउखुरीको लमहीमा लागुऔषध ब्राउनसुगर सहित एकजना महिला पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा घोराही उपमहानगरपलिका वडा नम्बर १४,हेलोटावर टोल बस्ने वर्ष २० कि अनिता बिक रहेकि छिन् । शनिबार आज बिहान अन्दाजी ३:२० बजेको समयमा लमही नगरपालिका वडा नम्बर ४ स्थित महेन्द्र राजमार्ग अन्तरगत सुन खोलीबाट बिक पक्राउ परेकी हुन् । बिकलाई खानतलासी […]

तुलसीपुरको एक कृत्रिम तालमा पौडि खेल्ने क्रममा डुबेर रोल्पाका १६ वर्षीय किशोरको मृत्यु

दाङ । तुलसीपुरको एक कृत्रिम तालमा शनिबार पाैडी खेल्ने क्रममा डुबेर रोल्पाका एक किशाेरकाे मृत्यु भएको छ । आज मध्याह्न तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८,स्थित अम्वा खाेली सामुदायिक वन क्षेत्रमा निर्माण गरिएकाे कृत्रिम तालमा साथीहरुसँग पाैडी खेल्ने क्रममा रोल्पाको त्रिवेणी गाउँपालिका वडा नम्बर ९,सिस्नेरी स्थायी घर भई हाल तुलसिपुरमा अध्ययनका लागि अस्थायी बसाेबास गर्दै आईरहेका […]

लुम्बिनी सहितका केहि प्रदेशको पहाडी भूभागमा चट्याङ सिहत वर्षाको सम्भावना

काठमाडौँ । अहिले देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका साथै अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ। गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई […]

स्वास्थ्य मन्त्रालयद्वारा डेङ्गु सङ्क्रमणको जोखिम बढ्ने भन्दै सतर्कता अपनाउन आग्रह

काठमाडौँ । पछिल्लो समय पानी पर्न थालेकाले डेङ्गु सङ्क्रमणको जोखिम बढ्नेसक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग शाखाका प्रमुख डा. गोकर्ण प्रसाद दाहालले जम्मा भएको पानीले डेङ्गी सङ्क्रमण बढाउने खतरा रहेकाले सतर्क रहन सम्पूर्णलाई आग्रह गरेका हुन् । त्यस्तै उनले भने, ‘पानी […]

राप्ती गापा अध्यक्ष विष्टद्वारा प्रहरी निरीक्षक ऐरीलाई स्वागत

दाङ । राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले इलाका प्रहरी कार्यालय भालुवाङमा हालै सरूवा भई आएका प्रहरी निरीक्षक पुस्करसिंह ऐरीलाई स्वागत गरेका छन् । बुधवार गाउँपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा उनले ऐरीको आगमनले गाउँपालिकाको शान्ति सुरक्षा थप सुदृढ हुने विश्वास व्यक्त गरे । अध्यक्ष विष्टले भने, “प्रहरी संगठन राष्ट्र र जनताको सुरक्षाको आधारस्तम्भ हो । प्रहरी जनतामैत्री, […]

साधारण नमूना माविद्वारा विद्यालय मर्मत शीर्षकमा भर्ना शुल्क,पालिकाद्वारा शुल्क नलिन आदेश

दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ५, सालभौरी स्थित साधारण नमूना माध्यमिक विद्यालयले कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरुसँग भर्ना शुल्क लिएको छ । राजपुर गाउँपालिकाले पालिका भित्रका ३२ वटा विद्यालयहरुमा शुल्क हताएर,कक्षा १२ सम्म निःशुल्क शिक्षा लागू गराएको भएपनि विद्यालयले विद्यार्थीहरुसँग भर्ना शुल्क लिएको हो । विद्यालयले विद्यालय मर्मत गर्ने शीर्षकमा कक्षा ६ […]

नक्कली नोट १ सय ८६ थान सहित अधिकारी पक्राउ

मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्बर -१५ ,रातोमाटेबाट नक्कली नोटसहित एक जना पक्राउ परेका छन् । नेपाली ५ सय दरका १ सय ८६ थान नक्कली नोट सहित सोही उपमहानगरपालिका वडा नम्बर-८ कमाने बस्ने धादिङ गंगाजमुना गाउँपालिका-२ घर भएका ४२ वर्षीय रामकृष्ण अधिकारीलाई गएराति प्रहरीले पक्राउ गरेको हो । त्यस्तै प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले महोत्तरीबाट […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]