
Rgp
Lnp
Rgp1
cjs
Djs
Sgr
pku
Srbpu
Ggp
Unsku
sbs
Pbu
Gfs
Pes

Ssm
Bbu
Rgs
Ksm
Sbs
Sls
Bbbpu
Hal
Rgu
Pvg
Rgu
nsb
Gst
Tsm
Asm
Wsp
Rsb
Vor
Ggd

bbt
Rmb
Ptm
Jmb
Syp
Bml
Pls
Mks
sab
Jmb
Abd
Gsb
Rpp
जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेको धनुषाको ८ औं जिल्ला अधिवेशन स्थलमा दुई पक्षबीच झडप भएको छ ।
झडपमा दुई नेतासहित पाँच जना घाइते भएका छन् । घाइते हुनेमा एमालेका भोला यादव पक्षका सत्यनारायण महासेठ र महेश दास रहेका छन् । उनीहरु दुवै जनाको टाउको फुटेको छ । निवर्तमान जिल्ला अध्यक्ष राजकिशोर यादव समेत कुटिएका छन् ।
अधिवेशनमा अन्तिम नामावली प्रकाशनको विषयलाई लिएर भोला यादव र लक्ष्मीनारायण यादव पक्षबीच विवाद हुँदा कुर्सी हानाहान भएको छ । निर्वाचन समितिमाथि केही नेताकार्यकर्ताले कुर्सी प्रहार गरेका हुन् । भोला यादव एमाले केन्द्रीय सचिव रघुवीर महासेठ पक्षबाट र लक्ष्मीनारायण यादव केन्द्रीय सदस्य उमाशंकर अरगरिया पक्षबाट अध्यक्षका प्रत्यासी हुन् । दुवै पक्षबीच बिहानैदेखि तनाव छ ।
त्यस्तै गत २० वैशाखदेखि सुरु अधिवेशनमा सर्वसम्मतको प्रयास असफल भएपछि निर्वाचन प्रक्रिया अगाडि बढाइएको हो । सोमबार राति नै मनोनयन दर्ता भएको थियो । उम्मेदवारको अन्तिम नामावलीमा नाम थपघट देखिएपछि विवाद भएको एक नेताले बताए ।
उपाध्यक्षमा जयप्रकाश सुनरैत यादव र तेजनारायण यादव तथा सचिवमा दिप नारायण ठाकुर (दिपन) र धिरेन्द्रकुमार मण्डलको उम्मेदवारी परेको छ । यस्तै उपसचिवमा सचिव विक्रम थापा, सुरेश ठाकुर र हरि किशोर यादव तथा उपसचिव महिलातर्फ किरण कापर,रुका कुमारी मिश्र र सारदा घिसिङले उम्मेदवार बनेकी छन् । अधिवेशनबाट पाँच पदाधिकारी सहित १३५ सदस्यीय जिल्ला कमिटी चयन हुनेछ ।
आज बिहान साढे ८ बजेदेखि नै मतदान हुने समय निर्वाचन समितिले तोकेको थियो । तर, उम्मेदवारको अन्तिम मतदानमावलीका विषयमा विवाद भएपछि मतदान सुरु हुन नसकेको हो । भोला यादव पक्षले मतदान सुरु गर्न माग गरिरहेका छन् भने लक्ष्मीनारायण यादव पक्ष विरोधमा उत्रिएका छन् । अनलाईनखबर
