
Csb
Ssb
Nsb
Bsn
Ppu
Tgp
Gsb
Ssb
Rsb
Ksb
Ksb
Ksb
Rks
Usb

Usb
Tsb
Ssb
Gsb
Hl1

Rgu
ptl
Nps
जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेको धनुषाको ८ औं जिल्ला अधिवेशन स्थलमा दुई पक्षबीच झडप भएको छ ।
झडपमा दुई नेतासहित पाँच जना घाइते भएका छन् । घाइते हुनेमा एमालेका भोला यादव पक्षका सत्यनारायण महासेठ र महेश दास रहेका छन् । उनीहरु दुवै जनाको टाउको फुटेको छ । निवर्तमान जिल्ला अध्यक्ष राजकिशोर यादव समेत कुटिएका छन् ।
अधिवेशनमा अन्तिम नामावली प्रकाशनको विषयलाई लिएर भोला यादव र लक्ष्मीनारायण यादव पक्षबीच विवाद हुँदा कुर्सी हानाहान भएको छ । निर्वाचन समितिमाथि केही नेताकार्यकर्ताले कुर्सी प्रहार गरेका हुन् । भोला यादव एमाले केन्द्रीय सचिव रघुवीर महासेठ पक्षबाट र लक्ष्मीनारायण यादव केन्द्रीय सदस्य उमाशंकर अरगरिया पक्षबाट अध्यक्षका प्रत्यासी हुन् । दुवै पक्षबीच बिहानैदेखि तनाव छ ।
त्यस्तै गत २० वैशाखदेखि सुरु अधिवेशनमा सर्वसम्मतको प्रयास असफल भएपछि निर्वाचन प्रक्रिया अगाडि बढाइएको हो । सोमबार राति नै मनोनयन दर्ता भएको थियो । उम्मेदवारको अन्तिम नामावलीमा नाम थपघट देखिएपछि विवाद भएको एक नेताले बताए ।
उपाध्यक्षमा जयप्रकाश सुनरैत यादव र तेजनारायण यादव तथा सचिवमा दिप नारायण ठाकुर (दिपन) र धिरेन्द्रकुमार मण्डलको उम्मेदवारी परेको छ । यस्तै उपसचिवमा सचिव विक्रम थापा, सुरेश ठाकुर र हरि किशोर यादव तथा उपसचिव महिलातर्फ किरण कापर,रुका कुमारी मिश्र र सारदा घिसिङले उम्मेदवार बनेकी छन् । अधिवेशनबाट पाँच पदाधिकारी सहित १३५ सदस्यीय जिल्ला कमिटी चयन हुनेछ ।
आज बिहान साढे ८ बजेदेखि नै मतदान हुने समय निर्वाचन समितिले तोकेको थियो । तर, उम्मेदवारको अन्तिम मतदानमावलीका विषयमा विवाद भएपछि मतदान सुरु हुन नसकेको हो । भोला यादव पक्षले मतदान सुरु गर्न माग गरिरहेका छन् भने लक्ष्मीनारायण यादव पक्ष विरोधमा उत्रिएका छन् । अनलाईनखबर
