
Ssbus
Gsbus
Ssbus
Gsl
Lsbus
Gis
Ssbus
bpmhl
Ksbus
Pbu
Gis
Gss
Gsbus
Ksbus
Gms
Bsbus
Rsbus
Ksbus
Gsbus
Lsbus
दाङ । तुलसीपुरबाट प्रहरीले लागुऔषध ब्राउन सुगरसहित चार जनालाई पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण तथा रोकथाम अभियानअन्तर्गत इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले सोमबार राति करिब ९ः४५ बजे तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६,झुमरे क्षेत्रमा छापा मारेर चार जनालाई नियन्त्रणमा लिएको हो । त्यस्तै,लागुऔषध खरिद–बिक्री भइरहेको भन्ने विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले घरकोठामा […]
काठमाडौँ । भूमि आयोग खारेज गरेको सरकारले भूमिसम्बन्धी समस्या समाधान गर्न भनेर नयाँ समिति गठन गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ‘भूमि समस्या समाधान समिति’ गठन गर्दै पदाधिकारी नियुक्त गर्ने निर्णय गरेको हो । भूमिहीन र सुकुमबासी समस्या समाधानका नाममा सरकारले गठन गरेको यो २०औँ संयन्त्र हो ।मन्त्रिपरिषद्को निर्णयअनुसार समितिको अध्यक्ष पदमा कास्कीका बलभद्र […]
दाङ । देउखुरीको गढवा गाउँपालिका वडा नम्बर ७ मानपुरमा बाली उपचार तथा माटो परीक्षण घुम्ती शिविर सम्पन्न भएको छ । गढवा गाउँपालिका कृषि विकास शाखाको आयोजनामा सञ्चालन गरिएको शिविरमा ४० जना किसानले आफ्नो खेतको माटो परीक्षण गराएका छन् । शिविरमा किसानहरूले आफ्नो खेतको माटो परीक्षण गराई माटोको अवस्था, आवश्यक पोषक तत्व तथा मलखादको उचित प्रयोगबारे […]
काठमाडौँ । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारतीय जनता पार्टीको मुख्यालय पुगेका छन् । मुख्यालयमा पुगेपछि उनलाई बाजागाजासहित पुष्प वर्षा गराएर स्वागत गरिएको छ । मुख्यालयमा उनलाई पार्टीका अध्यक्ष नितिन नवीन लगायतका पदाधिकारीले स्वागत गरेका छन् । मुख्यालयको अवलोकन गरेपछि भाजपाका अध्यक्ष नितिनसँग दुई पक्षीय भेटवार्ता हुनुको साथै अन्य पदाधिकारीसँग पनि […]
सुर्खेत । प्रहरीले तीन करोड बढीका गरगहना र नगदसहित एक जनालाई पक्राउ पछि सार्वजनिक गरेको छ । त्यस्तै,पक्राउ पर्नेमा बाँकेको नेपालगंज उपमहानगरपालिका – १० घर भइ हाल सुर्खेतको वीरेन्द्रनगर नगरपालिका – ६ मा बस्दै आएका ६३ वर्षीय श्यामसुन्दर अग्रवाल –बालाजी) छन् । यस्तै,उनको साथबाट नेपाली रुपैंया दुई लाख १९ हजार पाँच सय,भारतीय रुपैंयाँ आठ लाख […]
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले महिला स्वास्थ्य स्वयंसेविकाहरुले जनस्वास्थ्यको क्षेत्रमा पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै उनीहरुको हकहित र मनोबल अभिवृद्धिका लागि प्रदेश सरकार सकारात्मक रहेको बताएका छन् । नेपाल स्वास्थ्य स्वयंसेवी संघ (नेभा) लुम्बिनी प्रदेश समितिले सोमवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेश गरेको माग तथा सुझावपत्र बुझ्दै मुख्यमन्त्री आचार्यले स्वास्थ्य स्वयंसेविकाहरु समुदायस्तरको स्वास्थ्य […]
दाङ । देउखुरीको लमहीमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दियाको गेरुवा गाउँपालिका ४ निवासी अन्दाजी ३५ वर्षीय खिमराज तिमल्सिना रहेका छन् । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार अमिलियाबाट लमहीतर्फ आउँदै गरेको लु २ च ९६१७ नम्बरको पिकअप भ्यानले काठमाडौंबाट बर्दियातर्फ जाँदै गरेको बा ६५ प १८८४ नम्बरको मोटरसाइकललाई लमही […]
दाङ । राष्ट्रिय जनमोर्चा राप्ती गाउँपालिका कमिटीले भूमिहीन, सुकुम्बासी,अव्यवस्थित बसोबासी तथा विभिन्न प्रकृतिका जग्गामा बसोबास गर्दै आएका नागरिकहरूको उचित व्यवस्थापन गर्न माग गर्दै राप्ती गाउँपालिकालाई ज्ञापनपत्र बुझाएको छ । पार्टीका राप्ती गाउँपालिका अध्यक्ष ठाकुर प्रसाद आचार्यको नेतृत्वको टोलीले गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टलाई सो ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमा नेपाल सरकारले जग्गाधनी पुर्जा प्राप्त नगरी विभिन्न […]
दाङ । तुलसीपुर उपमहानगरपालिका – ५ गुल्मचोकमा सोमबार बिहान टिप्पर र मोटरसाइकल ठोक्किँदा गम्भीर घाइते भएका बाबुछोराको मृत्यु भएको छ । दुर्घटनामा लमही नगरपालिका–५ निवासी ३५ वर्षीय मनोज नेपाली र उनका ५ वर्षीय छोरा मिनराज नेपाली गम्भीर घाइते भएका थिए। दुवैलाई थप उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् । त्यस्तै,घटनामा […]