
Gmssl
Dus
Gsg
gst
Ggp
Pbu
Sebsg
Jmb
Lks
Gst
Unsku
Gipsg
Gipsg

Vor
Rgu
Sbs
Asm
Ggd
Rgu
Bbu
Tsm
Gst
Bbbpu
nsb
Sls
Rsb
Rgs
Wsp
Ssm
Pvg
Hal
Ksm

Syp
Bml
Pls
bbt
Jmb
Abd
Jmb
Ptm
Rmb
Rpp
Gsb
Mks
sab
दाङ । देउखुरीको गढवा गाउँपालिका वडा नम्बर ७ मानपुरमा बाली उपचार तथा माटो परीक्षण घुम्ती शिविर सम्पन्न भएको छ ।
गढवा गाउँपालिका कृषि विकास शाखाको आयोजनामा सञ्चालन गरिएको शिविरमा ४० जना किसानले आफ्नो खेतको माटो परीक्षण गराएका छन् । शिविरमा किसानहरूले आफ्नो खेतको माटो परीक्षण गराई माटोको अवस्था, आवश्यक पोषक तत्व तथा मलखादको उचित प्रयोगबारे जानकारी प्राप्त गरेका थिए । साथै विभिन्न बालीमा देखिएका रोग तथा कीराको पहिचान गरी उपचार सम्बन्धी प्राविधिक परामर्श समेत प्रदान गरिएको थियो ।
त्यस्तै,कार्यक्रममा बोल्दै वडा नम्बर ७ का वडाध्यक्ष राहुल देव चौधरीले किसानको उत्पादन वृद्धि र लागत न्यूनीकरणका लागि माटो परीक्षण अत्यन्त आवश्यक रहेको बताए । उनले माटो परीक्षणपछि प्राप्त सिफारिसका आधारमा मात्र मलखाद प्रयोग गर्न किसानहरूलाई आग्रह गर्दै यसले उत्पादन बढाउनुका साथै माटोको उर्वराशक्ति संरक्षणमा समेत टेवा पुग्ने उल्लेख गरे । वडाध्यक्ष चौधरीले गढवा गाउँपालिकाले किसानको घरदैलोमै पुगेर कृषि सेवा उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरेको घुम्ती शिविर प्रभावकारी भएको बताउँदै यस्ता कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याए ।
वडा नम्बर ७ का वडाध्यक्ष राहुल देव चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा सचिव शिव शर्मा, नन्दकला आचार्य,गढवा गाउँपालिका कृषि प्राविधिक हेमराज पुन, कृषि सहायक फुलनदेवी चौधरी लगायतको सहभागिता रहेको थियो ।
गढवा गाउँपालिका कृषि विकास शाखाले किसानलाई वैज्ञानिक कृषि प्रविधिसँग जोड्ने उद्देश्यले गाउँपालिकाका विभिन्न वडामा बाली उपचार तथा माटो परीक्षण घुम्ती शिविर सञ्चालन गरिरहेको गढवा गाउँपालिका कृषि विकास अधिकृत कर्ता राम यादवले जानकारी दिए ।
