
Gipsg
Gmssl
Gipsg
Gst
Gsg
Sebsg
Unsku
Pbu
gst

Tsm
Rsb
Ggd
Bbu
nsb
Hal
Asm
Sbs
Gst
Vor
Ksm
Wsp
Sls
Bbbpu
Rgu
Ssm
Pvg
Rgu
Rgs

Jmb
Mks
Bml
Gsb
sab
Syp
Rpp
Jmb
Ptm
bbt
Pls
Rmb
Abd
दाङ । राष्ट्रिय जनमोर्चा राप्ती गाउँपालिका कमिटीले भूमिहीन, सुकुम्बासी,अव्यवस्थित बसोबासी तथा विभिन्न प्रकृतिका जग्गामा बसोबास गर्दै आएका नागरिकहरूको उचित व्यवस्थापन गर्न माग गर्दै राप्ती गाउँपालिकालाई ज्ञापनपत्र बुझाएको छ ।
पार्टीका राप्ती गाउँपालिका अध्यक्ष ठाकुर प्रसाद आचार्यको नेतृत्वको टोलीले गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टलाई सो ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमा नेपाल सरकारले जग्गाधनी पुर्जा प्राप्त नगरी विभिन्न प्रकृतिका जग्गामा बसोबास गरिरहेका नागरिकलाई हटाउने तयारी गरिरहेको उल्लेख गर्दै त्यसले नागरिकमा त्रास र अन्योलको अवस्था सिर्जना गरेको बताएको छ ।
सर्वोच्च अदालतले तत्कालका लागि रोक लगाए पनि बस्तीमा बसोबास गर्ने नागरिकहरू अझै चिन्तित रहेको उल्लेख गरिएको छ। वर्षायाम नजिकिँदै गएको अवस्थामा वैकल्पिक व्यवस्था बिना नागरिकलाई हटाउने कार्य मानवीय दृष्टिकोणले उचित नहुने भन्दै राज्यले आवासविहीन नागरिकको आवासको सुनिश्चितता गर्नुपर्ने माग गरिएको छ । तत्काल नीतिगत व्यवस्था गरि सबैको लगानी र जीवन सुरक्षित हुने गरि ब्यवस्थापन नगरे नागरिकको न्यायको लागि राष्ट्रिय जनमोर्चा आन्दोलनमा जाने चेतावनी समेत दिएको छ ।
त्यस्तै,ज्ञापनपत्र बुझ्दै अध्यक्ष विष्टले भूमिहीन, सुकुम्बासी, अव्यवस्थित बसोबासी तथा विभिन्न प्रकृतिका जग्गामा बसोबास गर्दै आएका नागरिकका समस्या संवेदनशील विषय भएको बताए । उनले नागरिकको आवास र बसोबासको अधिकार सुनिश्चित हुने गरी कानुनी तथा नीतिगत समाधानका लागि गाउँपालिका सदैव सकारात्मक रहेको उल्लेख गरे । अध्यक्ष विष्टले स्थानीय तहले आफ्नो अधिकार क्षेत्रभित्र रहेर नागरिकका समस्यालाई सम्बन्धित निकायसम्म पुर्याउने र आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै नागरिकको हितविपरीत हुने कुनै पनि निर्णयका विषयमा स्थानीय सरकार गम्भीर रहने बताए ।
यस्तै,जनमोर्चाले भूमिहीन तथा आवासविहीन नागरिकको अधिकार संरक्षणका लागि स्थानीय, प्रदेश र संघीय सरकारले समन्वयात्मक ढंगले दीर्घकालीन समाधान खोज्नुपर्नेमा जोड दिएको छ ।
