प्रिया स्मृती गजमेर आइतबार, आषाढ ०७, २०८३

दाङ । बाह्रौँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा दाङको लमहीमा विशेष योग कार्यक्रम सम्पन्न भएको छ । पतञ्जली योग नगर समिति लमहीको आयोजनामा सम्पन्न कार्यक्रममा योग साधक, स्वास्थ्यप्रेमी तथा विभिन्न क्षेत्रका व्यक्तिहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै लमही नगरपालिकाकी उपप्रमुख लक्ष्मी योगीले योगले मानिसलाई शारीरिक, मानसिक तथा आध्यात्मिक रुपमा स्वस्थ राख्न महत्वपूर्ण भूमिका खेल्ने बताइन् । उनले “जसले गर्छ योग, त्यो मान्छे बन्छ निरोग” भन्ने नारालाई व्यवहारमा उतार्न सबैलाई आग्रह गर्दै स्वास्थ्यभन्दा ठूलो सम्पत्ति अरु कुनै हुन नसक्ने धारणा व्यक्त गरिन् ।

उपप्रमुख योगीले बदलिँदो जीवनशैली,असन्तुलित खानपान, अनियमित निद्रा,शारीरिक गतिविधिको कमी तथा मानसिक तनावका कारण विभिन्न रोगहरु बढ्दै गएको उल्लेख गर्दै दैनिक जीवनमा योगलाई समावेश गर्नुपर्ने आवश्यकता औंल्याए । उनले नियमित योग अभ्यासले मानिसलाई स्वस्थ, ऊर्जावान र सकारात्मक बनाउने बताइन् ।

कार्यक्रममा सहभागी योग प्रशिक्षकहरुले योगका विविध आसन, प्राणायाम तथा ध्यान अभ्यास प्रदर्शन गरेका थिए । उनीहरुले योग शारीरिक व्यायाम मात्र नभई सम्पूर्ण जीवनशैलीलाई सन्तुलित बनाउने वैज्ञानिक विधि भएको बताएका थिए ।

विशेषज्ञहरुका अनुसार नियमित योग अभ्यासबाट शरीर लचिलो र बलियो बन्नुका साथै रक्तसञ्चार प्रणाली सुधार हुन्छ । योगले मुटुसम्बन्धी रोग, मधुमेह,उच्च रक्तचाप,मोटोपना तथा अन्य दीर्घरोगहरुको जोखिम कम गर्न सहयोग पुर्‍याउँछ । यसका अतिरिक्त योगले फोक्सोको क्षमता वृद्धि गर्ने,पाचन प्रणालीलाई सुदृढ बनाउने तथा शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउने कार्य गर्दछ ।

त्यस्तै,मानसिक स्वास्थ्यका दृष्टिले पनि योग अत्यन्त लाभदायी मानिन्छ । नियमित योग र ध्यानले तनाव,चिन्ता तथा अवसाद कम गर्न मद्दत गर्छ । योग अभ्यासले मनलाई शान्त,एकाग्र र सकारात्मक बनाउने भएकाले विद्यार्थी,कर्मचारी, व्यवसायी तथा ज्येष्ठ नागरिक सबैका लागि उपयोगी रहेको प्रशिक्षकहरुले बताएका छन् ।

आजको व्यस्त जीवनशैलीमा अधिकांश मानिस विभिन्न मानसिक र शारीरिक समस्याबाट पीडित भइरहेका बेला योग एउटा प्राकृतिक उपचार पद्धतिको रुपमा स्थापित हुँदै गएको छ । औषधिमा निर्भरता कम गर्दै स्वस्थ जीवनशैली अपनाउन योग प्रभावकारी माध्यम बन्न सक्ने स्वास्थ्यकर्मीहरुको भनाइ छ ।

कार्यक्रममा दर्जनौँ योग साधकहरुको सहभागिता रहेको थियो । सहभागीहरुले योगलाई दैनिक जीवनको अभिन्न हिस्सा बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए । अन्तर्राष्ट्रिय योग दिवसले योगप्रति जनचेतना अभिवृद्धि गर्नुका साथै स्वस्थ समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको थियो ।

हरेक दिन केही समय योगका लागि छुट्याउन सके शारीरिक तन्दुरुस्ती,मानसिक शान्ति र दीर्घकालीन स्वास्थ्य लाभ प्राप्त गर्न सकिने भन्दै कार्यक्रमका वक्ताहरुले सबै नागरिकलाई नियमित योग अभ्यास गर्न आग्रह गरेका छन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]