Sidha Patra बुधबार, जेठ २०, २०८३

दाङ । तुलसीपुरबाट प्रहरीले लागुऔषध ब्राउन सुगरसहित चार जनालाई पक्राउ गरेको छ ।

लागुऔषध नियन्त्रण तथा रोकथाम अभियानअन्तर्गत इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले सोमबार राति करिब ९ः४५ बजे तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६,झुमरे क्षेत्रमा छापा मारेर चार जनालाई नियन्त्रणमा लिएको हो ।

त्यस्तै,लागुऔषध खरिद–बिक्री भइरहेको भन्ने विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले घरकोठामा खानतलासी गर्दा लागुऔषधसहित चार जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक रेशम बोहराले जानकारी दिए ।

उनका अनुसार पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–६ निवासी २५ वर्षीय पवित्र डाँगी, २६ वर्षीय गोविन्द बुढा मगर, तुलसीपुरकै वडा नं. ७ निवासी ३० वर्षीय कमल केसी र २७ वर्षीय रिगल महतरा क्षेत्री रहेका छन् । उनीहरुको साथबाट प्रहरीले १० ग्राम १९० मिलिग्राम ब्राउन सुगर,आठ थान मोबाइल फोन र नगद तीन हजार ८४५ रुपियाँ बरामद गरेको छ ।

यस्तै,पक्राउ परेका चारै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक बोहराले जानकारी दिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]