
Jns
Rgp
Rgp
Ggp
Usb
Sgp
lnp
Rgp
ksb
Asb
Rgp
Lnp
Ggp
Lks
Dus
काठमाडौँ । आज शेरबहादुर देउवा पक्षका काङ्ग्रेसहरु सर्वोच्च अदालत जाने भएका छन् । काङ्ग्रेसको गगन थापा समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा पक्ष सर्वोच्च जान लागेको हो । त्यस्तै पार्टीको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित गगनकुमार थापाको नेतृत्वलाई निर्वाचन आयोगले काङ्ग्रेसको मान्यता दिएपछि देउवा समूह यसको विरुद्धमा छ । देउवा समूहको शनिबार बसेको केन्द्रीय कार्यसमिति […]
रुकुमपुर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग रुकुमपुर्वमा चुनाव लड्न नेकपा एमालेले केन्द्रीय सदस्य खेममान खड्कालाई उम्मेदार बनाउने भएको छ । खड्का सो जिल्लाका इन्चार्जसमेत हुन् । यसअघि एमालेले नेता प्रचण्डलाई सघाउने खालका विषय बाहिर आएका थिए तर अन्तिम समयमा खड्कालाई उठाउने निर्णय भएको एमाले स्रोतले जनाएको छ । त्यस्तै ‘पहिले लचक हुने […]
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा–५,बाट उम्मेदवार बनेका छन् । शनिबार आज बसेको सचिवालय बैठकले उम्मेदवारहरुको टुंगो लगाएको उपमहासचिव लेखराज भट्टले जानकारी दिए । सो क्रममा ओलीलाई झापा–५,बाट उम्मेदवार बनाइएको उनले बताए । झापा क्षेत्र नम्बर ५ यसपटक चर्चाको केन्द्रमा छ । रास्वपा प्रवेश गरेका काठमाडौंका मेयर बालेन शाहले पनि सोही क्षेत्रबाट […]
काठमाडौं । नेपाली काङ्ग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको पदाधिकारी बैठकले एकता र सद्भाव कायम राख्दै पार्टीलाई नयाँ उचाइमा पुराउन देशभरका नेता तथा कार्यकर्तालाई अपिल गर्ने निर्णय गरेको छ । निर्वाचन आयोगले मान्यता दिएपछि आज (शनिवार) काठमाडौंमा पहिलो पटक बसेको केन्द्रिय कार्यसमितिको बैठकले पार्टीभित्रको एकता,आपसी सद्भाव र सहकार्यबाटै निर्वाचन लगायतका चुनौतीहरु सामना गर्न सकिने […]
रुपन्देही । नेकपा एमाले केन्द्रीय निर्वाचन कमिटी सदस्य खुमाकान्त पौडेलले पार्टी परित्याग गरेका छन् । पौडेल रुपन्देही क्षेत्र नम्बर २ अन्तर्गत तिलोत्तमा नगरपालिका ३ का बासिन्दा हुन् । पार्टी जिल्ला अध्यक्ष यज्ञ गैरेलाई सम्बोधन गरी लेखेको राजीनामा पत्रमा पौडेलले पछिल्लो समय पार्टीमा मौलाएको अधिनायकवाद,नातावाद,खोक्रो राष्ट्रवाद,भ्रष्टाचार,गाली बेइज्जती संस्कृति, मोलाहिजा र गुटगत मोविज्ञानसँग सहमत हुन नसकेर पार्टी […]
कपिलवस्तु । कपिलवस्तुको क्षेत्र नम्बर ३ बाट एकल नाम सिफारिस भएका कांग्रेस नेता वीरेन्द्रकुमार कनौडिया एमालेमा प्रवेश गरेका छन् । आज दिउँसो काठमाडौँमा कनौडियालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरेका हुन् । अध्यक्ष ओलीबाट सदस्यता ग्रहण गर्दै आजदेखि आफू एमालेमा प्रवेश गरेको उनले बताएका छन् । उनले पछिल्लो समय काङ्ग्रेसमा किचलो रहेको र क्षेत्र […]
काठमाडौँ । नेपाली काङ्ग्रेसको शेरबहादुर देउवा पक्ष सर्वोच्च अदालत जाने निर्णय गरेको छ । शनिबार आज पार्टी कार्यालय सानेपामा बसेको देउवा पक्षको बैठकले निर्वाचन आयोगको निर्णय सही नभएको जिकिर गर्दै न्याय माग्न सर्वोच्च जाने निर्णय भएको नेता प्रकाशशरण महतले बताए । त्यस्तै उनका अनुसार आइतबार नै सर्वोच्च अदालत जाने तयारी भएको छ ।
काठमाडौँ । आज आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवारहरुको अन्तिम टुङ्गो लगाउन नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक बस्ने भएको छ । त्यस्तै निर्वाचन कार्यतालिका अनुसार माघ ६ गते १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार मनोनयनको कार्यक्रम रहेकाले एमालेले त्यसअघि नै उम्मेदवारको नामावलीलाई अन्तिम रुप दिन लागेको हो। प्रचार तथा प्रकाशन विभागका […]
काठमाडौं । नेपाली काङ्ग्रेसकी नेतृ सुजाता कोइरालाले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापालाई बधाईं दिंदै पार्टी फुटेको नभएर परिवर्तन आएको बताएकी छिन् । सामाजिक संजाल फेसबुक मार्फत भिडियो वक्तव्य जारी गर्दै उनले भनेकी छन् ,‘अहिले युवाले,नेपाली समाजले,नेपाली जनताले परिवर्तन चाहेको छ, परिवर्तनलाई हासेर खुसी भएर अंगालो मार्नु पर्दछ, नेपाली काङ्ग्रेसमा पनि परिवर्तन आएको छ, पार्टी […]