
gms
Amb
Jsbus
Ssbus
Nssbus7
Rbs
Gsbus
Gsl
dsbus
Ratbs
Ddhbs
Pbu
Bksbus5
Csbus

Bbu
Rsb
Ggd
Tsm
Rgu
Wsp
Hal
Gst
Sls
nsb
Rgu
Asm
Bbbpu
Rgs
Vor
Pvg
Ssm
Sbs
Ksm

Bml
Jmb
Jmb
Gsb
Mks
Rpp
bbt
Pls
Abd
Rmb
Ptm
Syp
sab
काठमाडौं । संघीय मन्त्रिपरिषद्को मर्यादाक्रममा फेरबदल गरिएको छ। नयाँ व्यवस्था अनुसार केही मन्त्रीहरूको वरियता तलमाथि भएको छ।
यसअघि तेस्रो वरियतामा रहेका गृहमन्त्री सुधन गुरुङ अब पाँचौं स्थानमा झरेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहपछि दोस्रो वरियतामा अर्थमन्त्री स्वर्णिम वाग्ले यथावत रहेका छन् । नयाँ मर्यादाक्रम अनुसार परराष्ट्रमन्त्री शिशिर खनाल तेस्रो वरियतामा उक्लिएका छन् भने उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठ चौथो स्थानमा छन् ।
गृहमन्त्री गुरुङ पाँचौं स्थानमा पुगेका छन् । छैटौं वरियतामा भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकासमन्त्री सुनिल लम्साल रहेका छन् भने कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम सातौं स्थानमा छिन् ।
क्रमशः महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता बादी, संघीय मामिला तथा सामान्य प्रशासन तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावल, स्वास्थ्य तथा जनसंख्या तथा खानेपानीमन्त्री निशा मेहता र शिक्षा, विज्ञान तथा प्रविधि तथा युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेल रहेका छन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल बाह्रौं वरियतामा छन्। त्यस्तै सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिना र कृषि तथा पशुपन्छी विकास तथा वन तथा वातावरणमन्त्री गीता चौधरी रहेका छन् । मर्यादाक्रमको अन्तिम स्थानमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपक कुमार साह रहेका छन्।
