काङ्ग्रेसको गगन र विश्व समूहलाई निर्वाचन आयोगको मान्यता

काठमाडौं । निर्वाचन आयोगले नेपाली काङ्ग्रेसको विशेष महाधिवेशनलाई मान्यता दिएको छ । शुक्रबार आज बसेको आयोगको बैठकले विशेष महाधिवेशनलाई कानून र विधानसम्मत ठहर्याउदै त्यहाँबाट चयन भएका पदाधिकारीहरुको विवरण अद्यावधिक गर्ने निर्णय गरेको हो । त्यस्तै उक्त निर्णयसँगै विशेष महाधिवेशनले गरेका सबै निर्णयहरुले मान्यता पाउने भएको छ । विशेष महाधिवेशनले मान्यता पाउन नसक्ने भनी शेरबहादुर देउवा […]

काङ्ग्रेस आधिकारिकता विवाद उत्कर्षमा,निर्वाचन आयाेगमा सुरक्षा व्यवस्था कडा

काठमाडौं । नेपाली काङ्ग्रेसमा संस्थापन र विशेष महाधिवेशन पक्षधर दुवैले आ-आफ्नै आधिकारिकता दाबी गरिरहेका छन् । आधिकारिकता बारेको विवाद निर्वाचन आयोगमा पुगेको छ । त्यस्तै आयोग परिसरमा दुवै पक्षबाट प्रदर्शन गर्ने, धर्ना दिनेजस्ता गतिविधि बढेको छ । आज दिनभर आयोगमा काङ्ग्रेसका नेता कार्यकर्ताको बाक्लै चहलपहल देखिएकाे छ । विशेष महाधिवेशनबाट गगन थापालाई सभापति चयन गरेको […]

एमाले महासचिव पोख्रेलद्वारा घोराही-तुलसीपुर चारलेन सडकको अवस्था बारे अनुगमन

दाङ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले घोराही–तुलसीपुर चारलेन सडकको निर्माणको अवस्थाबारे जानकारी लिएका छन् । यस क्षेत्रको बहुप्रतिष्ठित योजनाका रुपमा रहेको चारलेन सडक निर्माणस्थलमै पुगेर महासचिव पोखरेलले सडक निर्माणको प्रगतिका विषयमा जानकारी लिएका हुन् । डिभिजन सडक कार्यालय दाङका प्रमुख दिपेन्द्रबहादुर विष्टले महासचिव पोखरेलले सडक निर्माणमा केही समस्या भए सहजीकरण गर्न तयार रहेको […]

गगन थापाले लिए काङ्ग्रेस सभापतिको शपथ,अन्य पदाधिकारीको दिउँसो हुने

काठमाडौं । भृकुटीमण्डपमा भएको नेपाली काङ्ग्रेसको दोस्रो विशेष महाधिवेशनबाट गगन थापा निर्विरोध सभापति चयन भएका छन् । निर्वाचन आयोगले सभापति थापासहित पदाधिकारी र केन्द्रीय सदस्यहरुको सूची पढेर सुनाउँदै सबै निर्विरोध निर्वाचित भएको जानकारी गराएको छ । निर्विरोध निर्वाचित भएपछि सभापति थापालाई शपथ ग्रहण गराइएको छ । अन्य पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई भने बिहीबार दिउँसो शपथ […]

सरकारले दुई मुद्दा फिर्ता लिएसँगै रविलाई चुनाव लड्ने बाटो खुल्यो

दाङ । महान्यायाधिवक्ता कार्यालय मार्फत सरकारले रास्वपा सभापति रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा चलिरहेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग फिर्ता लिएको छ । स्रोतका अनुसार सरकारले बुधबार ती मुद्दा फिर्ता लिइएको हो । त्यस्तै सम्बन्धित जिल्ला सरकारी वकिलको कार्यालयमार्फत यो काम अघि बढाइने बुझिएको छ । यद्यपि उनीबिरुद्धको सहकारी ठगीसम्बन्धी मुद्दा भने यथावत छ […]

देउवा पक्षद्वारा गगन र विश्वलाई गर्‍यो ५ वर्षको लागि कारबाही

काठमाडौं । नेपाली काङ्ग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई पार्टी संस्थापन समूहले कारबाही गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले गगन-विश्वसहित सहमहामन्त्री फरमुल्ला मन्सुर लगायतलाई ५ वर्षका लागि निष्काशन गर्ने निर्णय गरेको हो । त्यस्तै बैठकले विशेष महाधिवेशनको पक्षमा लाग्नेहरुलाई आ-आफ्नो भूमिकामा फर्किन भनेको छ । पार्टी निर्णय विपरीत विशेष […]

नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्यहरुको शपथग्रहण आज

काठमाडौँ । आज नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्यहरुले शपथ लिने भएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउसो १ः३० बजेका लागि शपथग्रहणको कार्यक्रम तय गरिएको छ । एकतामा जोडिएपछि थपिएका केन्द्रीय सदस्यहरूले शपथ लिन लागेका हुन् । कार्यक्रम भौतिक र भर्चुअल गरी दुवै विधिले सम्पन्न हुने बताइएको छ । त्यस्तै नेकपाका नेता गंगालाल तुलाधरका अनुसार […]

काङ्ग्रेस सभापति देउवासँग छलफल गर्न महाराजगञ्ज पुगे शेखरसहित नेता

काठमाडौँ । नेपाली कांग्रेसका नेता शेखर कोइरालासहितका नेताहरू सभापति शेरबहादुर देउवासँग छलफलका लागि पुगेका छन् । देउवा निवास महाराजगञ्जमा उनीहरूबीच छलफल सुरु भएको स्रोतले जानकारी दिए । देउवाले सोमबार दिउँसो ३ बजेका लागि आफ्नो निवास महाराज गन्जमा गुटको बैठक बोलाएका थिए । त्यस्तै आकस्मिक बैठक चलिरहेका बेला डा. शेखर कोइरालाको नेतृत्वमा जीवन परियार, बद्री पाण्डे […]

नेपाली काङ्ग्रेस विशेष महाधिवेशन : सुरु भयो प्रतिनिधिको नाम दर्ता

काठमाडौं । भृकुटीमण्डपमा उद्घाटन हुने नेपाली कांग्रेसको विशेष महाधिवेशनका लागि प्रतिनिधिहरुको नाम दर्ता सुरु भएको छ । आइतबार आज बिहान ८ बजेपछि नाम दर्ता सुरु गर्ने तयारी गरिएको भएपनि केही ढिला गरी सुरु भएको हो । महाधिवेशन स्थलको मूल गेटसँगै रहेको स्टलबाट नाम दर्ता सुरु गरिएको छ । नाम दर्ता गर्न परिचय खुल्ने कागजात, एकप्रति […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]