
Bksbus5
Csbus
dsbus
Gsbus
gms
Pbu
Ssbus
Gsl
Jsbus
Amb
Ratbs
Ddhbs
Rbs
Nssbus7

Gst
Wsp
Ssm
Rsb
Rgs
Bbu
Asm
Ggd
nsb
Hal
Bbbpu
Ksm
Rgu
Pvg
Tsm
Rgu
Sbs
Vor
Sls

sab
Jmb
bbt
Jmb
Pls
Syp
Rmb
Abd
Ptm
Mks
Bml
Rpp
Gsb
धनगढी । सुदूरपश्चिम प्रदेशमा लामो समयदेखि रिक्त रहेको उद्योग, पर्यटन,वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी नेपाली काङ्ग्रेसका प्रदेश सभा सदस्य शिवराज भट्टलाई बनाउने निर्णय गरिएको छ ।
सोमबार मुख्यमन्त्री तथा नेपाली काङ्ग्रेस संसदीय दलका नेता कमलबहादुर शाहको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले भट्टलाई मन्त्री नियुक्त गर्ने निर्णय सर्वसम्मत रुपमा गरेको हो । भट्ट बैतडी प्रदेशसभा (ख) बाट नेपाली काङ्ग्रेसका तर्फबाट निर्वाचित प्रतिनिधि हुन् ।
यसैबीच,बैठकले फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनपछि गठन भएको संघीय सरकारलाई बधाई ज्ञापन गर्दै प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषदलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्ने निर्णय पनि गरेको छ ।
त्यसैगरी,आर्थिक वर्ष २०८३/०८४ को बजेट निर्माणका लागि सुझाव दिन तीन सदस्यीय समिति गठन गरिएको छ । प्रमुख सचेतक बिक्रम सिंह धामीको संयोजकत्वमा गठित समितिमा गीता कुमारी चौधरी र पदमबहादुर शाही सदस्य रहेका छन् । नवनियुक्त मन्त्री शिवराज भट्टको शपथग्रहण आज साँझ ५ बजे प्रदेश प्रमुखको कार्यालयमा हुने कार्यक्रम तय गरिएको छ ।
