
Rbs
Sds
Gisld
Mbdvs
Pbu
mbd

Sls
Pvg
Hal
Rgs
Ssm
Vor
nsb
Bbbpu
Gst
Rgu
Bbu
Sbs
Rsb
Rgu
Wsp
Asm
Ksm
Ggd
Tsm

Pls
Abd
sab
Mks
Jmb
Ptm
Rpp
Gsb
Rmb
bbt
Jmb
Bml
Syp
धनगढी । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य हर्कराज राई (हर्क साम्पाङ) दार्चुलामा पुल निर्माण गर्ने उद्देश्य सहित आज सुदूरपश्चिम पुगेका छन् ।
सोमबार बिहान काठमाडौँबाट प्रस्थान गरेका उनी धनगढी विमानस्थल पुगेपछि त्यहाँबाट दार्चुलातर्फ अघि बढेका हुन् । धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग छोटो प्रतिक्रिया दिँदै उनले दार्चुलामा निर्माण हुन लागेको पुलका लागि सबैलाई श्रमदानमार्फत सहभागी हुन आह्वान गरे। उनले उक्त पुल नेपाली भूभागभित्रै निर्माण गरिने स्पष्ट पार्दै सकेसम्म छिटो काम सम्पन्न गर्ने लक्ष्य रहेको बताए ।
त्यस्तै साम्पाङले आफ्नो श्रमदान अभियानमा लाखौँ मानिसहरु जोडिएको दाबी गर्दै दार्चुलामै आवश्यक सामग्री खरिद गरेर स्थानीय स्तरमै श्रमदानमार्फत पुल निर्माण गरिने जानकारी दिए। उनले यो अभियान कुनै राजनीतिक उद्देश्यले नभएको उल्लेख गर्दै सुदूरपश्चिम क्षेत्रमा अहिलेसम्म श्रमदानको अभ्यास कम भएकाले अब त्यसको सुरुवात गर्न लागिएको बताए ।
यसअघि सोमबार बिहानै सामाजिक सञ्जाल मार्फत उनले आफू दार्चुलातर्फ श्रमदानका लागि निस्किएको जानकारी दिँदै सबैलाई सहभागी हुन आग्रह गरेका थिए । उनले लेखेका थिए, “म त लागेँ है दार्चुला! आउनु है श्रमदान गरेर पुल बनाउन! विदेशी ऋण किन लिने? म त लागेँ!”
त्यस्तै उल्लेखनीय रुपमा,निर्वाचित भएपछि नै उनले दार्चुलामा पुल निर्माण गर्ने घोषणा गरेका थिए । सोही योजनाअनुसार उनले यसअघि नै उक्त क्षेत्रमा प्राविधिक टोली पनि पठाइसकेका छन् ।दिनेशखबर
