
dsbus
Nssbus7
Pbu
Ssbus
Gsl
Bksbus5
Ratbs
gms
Csbus
Ddhbs
Jsbus
Gsbus
Rbs
Amb

Wsp
Tsm
Ssm
Bbbpu
Bbu
Rgu
Sbs
Rgu
Sls
Gst
nsb
Hal
Pvg
Rsb
Ggd
Vor
Asm
Rgs
Ksm

Bml
Jmb
Pls
Mks
Syp
Abd
Rmb
Gsb
Rpp
Jmb
sab
bbt
Ptm
काठमाडौँ । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्व गृहमन्त्री एवम् काङ्ग्रेस नेता रमेश लेखकलाई रिहासतमुक्त गर्न आदेश दिएको छ । न्यायाधीश द्वय विनोद शर्मा र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले पछिल्लो समय थपेको म्याद सकिएसँगै हिरासतमुक्त गर्न आदेश दिएको छ ।
यससँगै ओली र लेखक चैत २६ गते रिहा हुनेछन्। इजलासले उनीहरुको बन्दीप्रत्यक्षीकरण रिट भने खारेज गरेको छ । ‘तेस्रो पटक ५ (पाँच) दिनको म्याद थप अनुमति प्रदान गर्ने गरी काठमाडौँ जिल्ला अदालतबाट मिति २०८२।१२।२२ मा भएको आदेशअनुसारको समयावधिमा अनुसन्धान कार्यसम्पन्न भई मुद्दा चल्ने नचल्ने निर्णय भएमा सोहीअनुसार र सो हुन नसकेमा तत्पश्चात् अर्थात् तेस्रो पटक म्याद थपको अवधि उपरान्त यी रिट निवेदक केपी शर्मा ओली र रमेश लेखकलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५ को प्रक्रिया पूरा गरी हिरासतमुक्त गरी थप अनुसन्धान तहकिकातको कार्य सम्पन्न गरी जे जो गर्नुपर्ने हो गर्नु गराउनु भनी प्रत्यर्थीहरुका नाममा परमादेशको आदेश जारी गरिएको छ,’आदेशमा भनिएको छ ।
त्यस्तै उनीहरुलाई सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको सिफारिस कार्यान्वयनका लागि चैत १४ गते प्रहरीले पक्राउ गरेको थियो । काठमाडौं जिल्ला अदालतले आइतबार ओली-लेखकलाई पाँच दिन हिरासतमै राख्न प्रहरीलाई अनुमति दिएको हो । उनीहरुलाई रिहाका लागि सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गरिएको थियो । उक्त रिटमा सोमबार बहस सकिएसँगै सर्वोच्चले थप म्याद नथप्न आदेश दिएको हो ।
