एमाले पार्टीको विभिन्न भूमिकामा रहेका ५९ जना नेता कार्यकर्ताद्वारा सामूहिक राजीनामा

धनगढी । नेकपा एमालेले भीम रावल लगायत नेताहरूलाई निष्कासन गरेसँगै नेता कार्यकर्तामा तीव्र असन्तुष्टि देखिएको छ । यही असन्तुष्टिसँगै एमालेको विभिन्न भूमिकामा रहेका ५९ जना नेता कार्यकर्ताहरूले सामूहिक राजीनामा दिएका छन् । उनीहरूले रावलले सञ्चालन गरेको मातृभूमि जागरण अभियानलाई समर्थन गर्दै एमाले परित्यागको घोषणा गरेका छन् । त्यस्तै उनीहरूले एक प्रेस विज्ञप्ति जारी गर्दै रावललाई […]

सुप्रिम सहकारी ठगि प्रकरणमा रवि लामिछाने लगायतको विरूद्धमा आज मुद्दा दर्ता गरिँदै

बुटवल । बुटवलको सुप्रिम सहकारी संस्थाको रकम अपचलनसम्बन्धी पुरक मुद्धा दर्ताका लागि आइतबार आज जिल्ला अदालत रुपन्देहीमा लगिदै छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र गोर्खा मिडिया नेटवर्कका उपाध्यक्ष एवं पूर्व डीआईजी छविलाल जोशी लगायतलाई सहकारी ठगी र संगठित अपराधको कसुर अनुसारको कारवाही र बिगो माग गर्दै जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीले […]

कोशी प्रदेशका पूर्वमुख्यमन्त्री थापामाथि आक्रमण, विद्युत् प्राधिकरणका २ कर्मचारी पक्राउ

विराटनगर । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापामाथि झापामा आक्रमण भएको छ । नेपाल प्रेस युनियन झापाले दोमुखामा आयोजना गरेको कार्यक्रमबाट फर्कनेक्रममा उनीमाथि सुरुङ्गा नजिकै आक्रमण भएको हो । आक्रमणबाट उनको निधारमा चोट लागेको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कृष्णकुमार चन्दका […]

काठमाडौँ जिल्ला अदालतद्वारा रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश

काठमाडौँ । काठमाडौँको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित सभापति रवि लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ । थुनछेक बहसपछि काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधव अधिकारीको इजलासले सो आदेश दिएको हो । योसँगै लामिछानेले अब हिरासत बाहिर बसेर नै मुद्दाको पुर्पक्ष गर्न पाउने भएका […]

रवि लामिछानेलाई दोस्रो दिन पनि न्यायिक हिरासत पठाइयो

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सोमबार दोस्रो दिन पनि न्यायिक हिरासतमा पठाइएको छ । सोमबार काठमाडौँ जिल्ला अदालतमा थुनछेक बहस नसकिएपछि लामिछानेलाई प्रहरीको जिम्मा लगाइएको हो । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधव अधिकारीको इजलासले लामिछानेलाई बुधबार अदालतमा पेस गर्न आदेश दिएको छ । त्यस्तै प्रहरीले काठमाडौँको कालीमाटीमा रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सरकारी संस्थाको […]

आज थुनछेक बहस नहुँदा रवि लामिछानेलाई लगियाे काठमाडौंकाे प्रहरी हिरासतमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने काठमाडौं प्रहरी हिरासतमा रहने भएका छन् । उनलाई प्रहरी हिरासतमा राख्न अदालतबाट लगिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको एकल इजलासले सोमबार पुनः अदालत पेस गर्ने गरी प्रहरीको जिम्मा लगाउने आदेश गरेपछि उनी हिरासतमा नै रहने भएका हुन् । अधिकारीको इजलासमा भएको लामिछानेको बयान केही […]

रवि लामिछाने काठमाडौँ जिल्ला अदालतमा उपस्थित भए

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने काठमाडौँ जिल्ला अदालतमा उपस्थित भएका छन् । काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी अभियोगमा मुद्दा परेकाले उनी जिल्ला अदालतमा हाजिर भएका हुन् । पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा यही पुस २५ गते मात्र धरौटीमा रिहा भएका लामिछानेलाई शुक्रबार नै अदालतमा हाजिर हुन भनिएको थियो । तर पोखराबाट काठमाडौँ […]

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)नेता कार्यकर्ताद्वारा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण

काठमाडौँ । राष्ट्रिय प्रजातान्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देन लगायतका नेता कार्यकर्ताले पृथ्वी नारायण शाहको सालिकमा माल्यार्पण गरेका छन् । ३०३ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस अवसरमा सिंहदरबारको मूलगेट अगाडि रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरिएको हो । प्रमुख प्रशासनिक भवन सिंहदरबारको पश्चिम मूलगेटमास्थित पृथ्वीनारायण शाहको सालिक आज विभिन्न व्याक्तिहरुले माल्यार्पण गरिरहेका छन् […]

जिल्ला अदालत कास्कीद्वारा रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश

काठमाडौं । जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधानमन्त्री रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश दिएकाे छ । त्यस्तै कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले उनलाई धरौटीमा छाड्न आदेश दिएको हो । जिल्ला अदालतले धरौटी मागे पनि उनी रिहा हुने अवस्था छैन । काठमाडौं जिल्ला अदालतमा जाहेर भएको स्वर्णलक्ष्मी सहकारीको […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]