
Ksb
Ssb
Csb
Bsn
Ksb
Tgp
Ssb
Nsb
Ppu
Gsb
Rsb
Usb
Ksb
Rks

Usb
Hl1
Gsb
Ssb
Tsb

ptl
Nps
Rgu
सर्लाही । सर्लाही जिल्ला प्रहरी कार्यालयका प्रमुख (एसपी) योगेन्द्रकुमार खड्कालाई गालीगलौज गरेका अशोक राई नेतृत्वको जनता समाजवादी (पार्टी) का मधेस प्रदेश अध्यक्ष अशोक कुमार यादव फरार भएका छन् ।
मधेस प्रदेश प्रहरीका प्रमुख डीआईजी उमाप्रसाद चतुर्वेदीका अनुसार अदालतबाट पक्राउ पुर्जी जारी भएपछि यादवको तीव्र रुपमा खोजीकार्य भइरहेको छ । अहिलेसम्मको सूचना अनुसार यादव भारततर्फ फरार भइसकेको प्रहरी स्रोतको भनाइ छ ।
मधेस प्रहरी प्रमुख डिआइजी चतुर्वेदीले भने, ‘हामी अहिले खानतलासी गर्ने काम गरिरहेका छौँ । विभिन्न ठाउँमा सर्च अभियान चलिरहेको छ । उनलाई चाँडै प्रहरी नियन्त्रणमा ल्याइनेछ ।’
जिल्लाका एसपीलाई नै अपशब्द प्रयोग गरेपछि यादवलाई पक्राउ गर्न प्रहरीको स्पेसल टोली परिचालन गरिएको मधेस प्रहरी कार्यालयको भनाइ छ । अदालतले पक्राउ अनुमति जारी गरेपछि प्रहरीको विशेष टोली खटाइएको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ । उनीविरुद्ध सार्वजनिक सेवामा रोकावट र उपद्रव कसुर अन्तर्गतका दुई वटा मुद्दामा अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।
बिहीबार राति फोनमा सर्लाहीका प्रहरी प्रमुख खड्का र नेता यादवबिच गालीगलौज भएको अडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।
