
sbs
Srbpu
Rgp
Lnp
Gfs
Djs
Ggp
Unsku
Pbu
cjs
Sgr
Rgp1
pku
Pes

Gst
Tsm
Rsb
Bbu
Ksm
Ssm
Bbbpu
Pvg
Sls
Rgs
Vor
Wsp
Rgu
nsb
Rgu
Hal
Ggd
Sbs
Asm

Abd
Jmb
sab
Pls
Mks
Gsb
Syp
Jmb
bbt
Ptm
Rpp
Rmb
Bml
सर्लाही । सर्लाही जिल्ला प्रहरी कार्यालयका प्रमुख (एसपी) योगेन्द्रकुमार खड्कालाई गालीगलौज गरेका अशोक राई नेतृत्वको जनता समाजवादी (पार्टी) का मधेस प्रदेश अध्यक्ष अशोक कुमार यादव फरार भएका छन् ।
मधेस प्रदेश प्रहरीका प्रमुख डीआईजी उमाप्रसाद चतुर्वेदीका अनुसार अदालतबाट पक्राउ पुर्जी जारी भएपछि यादवको तीव्र रुपमा खोजीकार्य भइरहेको छ । अहिलेसम्मको सूचना अनुसार यादव भारततर्फ फरार भइसकेको प्रहरी स्रोतको भनाइ छ ।
मधेस प्रहरी प्रमुख डिआइजी चतुर्वेदीले भने, ‘हामी अहिले खानतलासी गर्ने काम गरिरहेका छौँ । विभिन्न ठाउँमा सर्च अभियान चलिरहेको छ । उनलाई चाँडै प्रहरी नियन्त्रणमा ल्याइनेछ ।’
जिल्लाका एसपीलाई नै अपशब्द प्रयोग गरेपछि यादवलाई पक्राउ गर्न प्रहरीको स्पेसल टोली परिचालन गरिएको मधेस प्रहरी कार्यालयको भनाइ छ । अदालतले पक्राउ अनुमति जारी गरेपछि प्रहरीको विशेष टोली खटाइएको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ । उनीविरुद्ध सार्वजनिक सेवामा रोकावट र उपद्रव कसुर अन्तर्गतका दुई वटा मुद्दामा अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।
बिहीबार राति फोनमा सर्लाहीका प्रहरी प्रमुख खड्का र नेता यादवबिच गालीगलौज भएको अडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।
