
Ggp
Gfs
Unsku
pku
Srbpu
Rgp
Pbu
cjs
Pes
sbs
Djs
Sgr
Rgp1
Lnp

Ksm
Rsb
Ssm
Wsp
Rgu
Ggd
Sls
Rgu
Sbs
Pvg
Bbbpu
Vor
Asm
Bbu
Tsm
Hal
nsb
Gst
Rgs

Abd
Pls
Rmb
Jmb
Jmb
Gsb
Rpp
sab
bbt
Ptm
Mks
Syp
Bml
दाङ । नेकपा (माओवादी केन्द्र) राप्ती गाउँपालिका कमिटीले वडा नम्बर २,का जनप्रतिनिधि स्वर्गीय टेकबहादुर रावतको सातौं दिनको पुण्यतिथिको अवसरमा श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ।
सोमबार राप्ती–२, मुक्तिनगरस्थित उनको निवासमा आयोजित कार्यक्रममा पार्टीका नेताहरु,स्थानीय जनप्रतिनिधिहरु,कार्यकर्ता तथा स्थानीयवासीहरुको उपस्थिति रहेको थियो । कार्यक्रम नेकपा (माओवादी केन्द्र) राप्ती गाउँपालिका कमिटीका अध्यक्ष रणबहादुर पुजाली ‘राजेन्द्र’को अध्यक्षतामा तथा पार्टीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशसभा सदस्य इन्द्रजित थारुको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि थारुले स्व. रावतको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको बताए । उनले रावतलाई जनपक्षीय विचारधारामा दृढ, इमानदार, समर्पित र श्रमिक वर्गको सशक्त नेतृत्वकर्ता रहेको उल्लेख गरे । “अल्पायुमा भएको उनको असामयिक निधनले हामी स्तब्ध भएका छौं,” उनले भने, “हामीले एक सच्चा अभिभावक, पार्टीले असल आधार गुमाएको छ।”
राप्ती गाउँपालिकाका अध्यक्ष तथा पार्टीका लुम्बिनी प्रदेश कमिटी सदस्य प्रकाश विष्टले रावत अत्यन्त सरल स्वभाव, इमानदार र सेवाभावले भरिएको जनप्रतिनिधि भएको बताए । उनले भने, “जनताको अमूल्य मतबाट निर्वाचित उहाँले गाउँपालिका र वडास्तरमा जनताको सेवा,विकास र अधिकार सुनिश्चित गर्न पुर्याउनुभएको योगदान सदैव स्मरणीय रहनेछ । यस्तो दुःखद घडीमा म गाउँपालिकाको तर्फबाट श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु।”
६५ वर्षको उमेरमा असार १७ गते रावतको आफ्नै निवासमा निधन भएको थियो । कार्यक्रममा पार्टीका लुम्बिनी प्रदेश कमिटी सचिवालय सदस्य टोपबहादुर कार्की,गाउँपार्टी इन्चार्ज तथा लुम्बिनी प्रदेश थारु मुक्तिमोर्चाका उपाध्यक्ष श्यामेश चौधरी,वडा नम्बर २ का वडा अध्यक्ष पहलवान चाैधरी,पार्टीका विभिन्न कमिटीका पदाधिकारी,जनवर्गीय संगठनका प्रतिनिधिहरु,कार्यकर्ता तथा शुभचिन्तकहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन नेकपा (माओवादी केन्द्र) राप्ती गाउँकमिटीका सचिव जगत थापाले गरेका थिए ।

