
Sgr
sbs
pku
Pes
Rgp1
Djs
cjs
Srbpu
Gfs
Lnp
Rgp
Pbu
Ggp
Unsku

Wsp
nsb
Vor
Tsm
Pvg
Hal
Ggd
Rgu
Ssm
Asm
Sbs
Bbu
Bbbpu
Ksm
Rsb
Rgu
Gst
Sls
Rgs

Syp
Ptm
sab
Jmb
Gsb
bbt
Rmb
Mks
Pls
Jmb
Bml
Abd
Rpp
काठमाडौं । संविधानसभा सदस्य एवम् नेपाली कांग्रेस बाराका पूर्व सचिव रामअयोध्या यादवको निधन भएको छ ।
लामो समयदेखि मिर्गौला रोगबाट पीडित यादवको ७२ वर्षको उमेरमा वीरगञ्जस्थित हेल्थकेयर अस्पतालमा आज बिहान मृत्यु भएको हो।
बाराको सुवर्ण गाउँपालिका वडा नम्बर–२ कवहीजगात गाउँका यादव २०७० सालको संविधानसभा निर्वाचनमा बारा क्षेत्र नं. १ बाट कांग्रेसबाट निर्वाचित भएका थिए । उनका दुई छोरा, दुई छोरी र श्रीमती छन् । यादवको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दु:ख व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
त्यस्तै‘संविधानसभा सदस्य एवं बाराका पूर्व जिल्ला सचिव रामअयोध्याप्रसाद यादवको निधनको खबरले मलाई अत्यन्त स्तब्ध र दुःखीत बनाएको छ’, देउवाले शोक वक्तव्यमा भनेका छन्, ‘स्वर्गीय यादवले नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा निर्वाह गर्नु भएको सक्रिय योगदान पार्टीमा सदा स्मरणीय रहिरहनेछ। उहाँप्रति म भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु।’
