Sidha Patra सोमबार, आषाढ १५, २०८२

दाङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चलाएको हस्ताक्षर अभियानमा हाम्रो नेपाली पार्टी (लौरो अभियान)का केन्द्रीय अध्यक्ष इन्जिनियर अनन्तराज घिमिरेले हस्ताक्षर गरेर एकेबद्धता जनाएका छन् ।

इन्जिनियर घिमिरेले आइतबार घोराहीमा संचालन रहेको हस्ताक्षर अभियानमा सहभागी भएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेर एकेबद्धता जनाएका हुन् ।

गठबन्धन सरकारले आफ्नो पार्टी सभापति रवि लामिछानेलाई राजनीति प्रतिशोध र पार्टीलाई समेत कमजोर बनाउनका निम्ती षड्यन्त्रपूर्ण थुनामा राखेको भन्दै रास्वपाले जनताको जनअदालतमा पुगेर हस्ताक्षर अभियान सुरु गरिएको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका सभापति देवराज पाठकले जानकारी दिए ।

त्यस्तै सत्य,न्याय संपादन मार्फत पार्टी सभापति रवि लामिछानेलाई सरकारले तत्काल रिहाई गर्नुपर्ने माग राख्दै रास्वपाले शान्तिपूर्ण ढंगले एकेबद्धता हस्ताक्षर अभियान चलाइरहेको समेत सभापति पाठकले बताए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र ओली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी,खडग ओली, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल

सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]