आलोक भाबुक भुकम्प सोमबार, आषाढ १५, २०८३

दाङ । देउखुरीको गढवा गाउँपालिकाले कुपोषित बालबालिकाको पोषण अवस्थामा सुधार ल्याउने उद्देश्यले पोषण सम्बन्धी अनुशिक्षण कार्यक्रम सञ्चालन गर्दै सहभागी बालबालिकाका लागि अण्डा वितरण गरेको छ ।

आइतबार गढवा गाउँपालिकाको आयोजनामा गढवा स्वास्थ्य चौकीको तथ्याङ्क अनुसार कुपोषित बालबालिका तथा उनीहरूका अभिभावकको सहभागितामा उक्त कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा बालबालिकाको सन्तुलित आहार, सरसफाइ,नियमित स्वास्थ्य परीक्षण तथा पोषणयुक्त खानाको महत्वबारे जानकारी गराइएको थियो।

कार्यक्रममा गढवा स्वास्थ्य चौकीका प्रमुख सूर्यनारायण यादव र गिरिराज अधिकारीले प्रशिक्षण दिँदै बालबालिकाको शारीरिक तथा मानसिक विकासका लागि पोषणयुक्त खानाको महत्वपूर्ण भूमिका रहने बताए । उनले स्थानीय स्तरमा उपलब्ध खाद्यवस्तुको प्रयोगबाट समेत बालबालिकाको पोषण अवस्था सुधार गर्न सकिने जानकारी दिए ।

कार्यक्रममा बोल्दै गढवा गाउँपालिका उपाध्यक्ष शारदाकुमारी चौधरीले कुपोषण न्यूनीकरण गाउँपालिकाको प्राथमिकतामा रहेको बताउँदै बालबालिकाको स्वास्थ्य र पोषणमा गरिएको लगानीले भविष्यमा स्वस्थ र सक्षम नागरिक निर्माणमा योगदान पुग्ने बताइन् । उनले अभिभावकहरूलाई बालबालिकाको खानपान र हेरचाहमा विशेष ध्यान दिन आग्रह गरिन् ।

त्यसैगरी गढवा गाउँपालिका कार्यपालिका सदस्य चन्द्रा केसीले कुपोषण अन्त्यका लागि समुदाय, अभिभावक र स्थानीय सरकारबीच सहकार्य आवश्यक रहेको बताउँदै प्राप्त ज्ञानलाई व्यवहारमा लागू गर्न सहभागीहरूलाई आग्रह गरिन् ।
कार्यक्रममा सहभागी अभिभावकहरूलाई पोषणसम्बन्धी जानकारी प्रदान गर्नुका साथै बालबालिकाका लागि अण्डा वितरण गरिएको थियो । कार्यक्रमको सहजीकरण गढवा गाउँपालिका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकी प्रमुख प्रेरणा चन्दले गरेकी थिइन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]