
Pbu
Bs1
Gsl


दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ की २६ वर्षीया कमला खड्का वलीको हत्या आरोपमा पक्राउ परेका अन्य तिन जनालाई पनि कारागार चलान गरिएको छ ।
उच्च अदालत तुलसीपुले गत चैत १२ गते वलीको घरमै हत्या गरेको आरोपमा पक्राउ पछि धरौटीमा रिहा भएका तिन जना जनालाई पनि पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । यसअघि जिल्ला अदालतले थुनछेक बहसपछि हत्याका मुख्य आरोपी मृतकका श्रीमान २८ बर्षिय गोपाल वलीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । अन्य तीन जनालाई भने धरौटीमा रिहा गरेको थियो ।
त्यस्तै,उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश राजेश्वर तिवारी र न्यायाधीश नरबहादुर खड्काको संयुक्त इजलासले असार ११ गते कमलाको हत्याका मुख्य आरोपी गोपाल सहित उहाका परिवारका अन्य तीन जनालाई पनि पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको अदालतका सूचना अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिए ।
उच्च अदालतले गोपालका बुवा कर्णबहादुर वली, भाउजू टीका केसी वली र बहिनी पुतला वलीलाई पनि पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो। पिडित पक्षले जिल्ला अदालतको आदेश प्रति असहमती जनाउदै उच्च अदालत तुलसीपुरमा पुनरावेदन समेत गरेका थिए ।
