
pku
Sgr
Unsku
cjs
Srbpu
sbs
Djs
Rgp
Rgp1
Ggp
Gfs
Lnp
Pbu
Pes

Hal
Pvg
Gst
nsb
Bbu
Sls
Vor
Rgu
Rgs
Wsp
Rgu
Ggd
Ssm
Asm
Ksm
Rsb
Sbs
Bbbpu
Tsm

Gsb
Mks
Jmb
bbt
sab
Pls
Jmb
Rpp
Ptm
Abd
Bml
Rmb
Syp
दाङ । राष्ट्रिय जनमोर्चा राप्ती गाउँपालिका समितिले आज बिहिबार श्रद्धाञ्जली सभा कार्यक्रम सम्पन्न गरेको छ ।
राष्ट्रिय जनमोर्चा दाङ जिल्ला सदस्य तथा राप्ती गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष वीरबहादुर चौधरीकी जीवनसंगिनी दिपा चौधरीको निधन भएको १३ औं दिनको पुण्य तिथिका अवसरमा पार्टीले श्रद्धाञ्जली सभा कार्यक्रम गरेको हो ।
पार्टीका राप्ती गाउँपालिका कमिटी अध्यक्ष बाबुराम थापाको अध्यक्षता एवम् राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रेश्मीराज नेपालीको प्रमुख आतिथ्यतामा भएकाे श्रद्धाञ्जलीसभामा दिंवगत दिपा चाैधरीको तस्बिरमा मल्यार्णपण सहित एक मिनेट माैनधारण समेत गरिएको थियो ।
सभामा बोल्दै राष्ट्रिय जनमाेर्चाका कार्यकारी अध्यक्ष नेपालीले मानव जन्मे पछि मृत्यु एक दिन अवश्य हुने भएकाले शोकलाई शक्तिमा बदल्न आग्रह गरे । त्यस्तै उहाँले दिपा चाैधरी समाजका लागि अतिमिलासार र मेहनती नारी भएको उल्लेख गरे ।
यस्तै श्रद्धाञ्जलीसभालाई सम्बाेधन गर्दै राजमाेका केन्द्रीय सदस्य तथा दाङ जिल्ला अध्यक्ष गणेश आचार्यले दिपा चाैधरी जस्ताे जिवनसंगिनी कै कारण बिरबहादुर सफल नेता बन्न सकेको बताए । उनले दिपाले पार्टी,संगठन र परिवारमा पुर्याएकाे याेगदानकाे चर्चा गरेका थिए । दिपा चाैधरीकाे निधनले परिवारलाई मात्र नभई सिँङ्गाे पार्टीपङ्गितलाई अतुलनीय क्षति भएकाे बताए ।
त्यस्तै श्रद्धाञ्जली सभामा स्वर्गीय दिपा चाैधरीको श्रीमान बिरबहादुर चाैधरीले आफ्नाे जिवनसंगिनी दिपाकाे व्यक्तित्व परिचय सहित निधनकाे कारण बारेमा जानकारी गराएका थिए । साे अवसरमा बाेल्दै बिरबहादुरले दिपाकाे निधनले सहयात्राकाे एउटा पाङ्ग्रा फुस्किएकाे भन्दै पीडा ब्यक्त गरे । उनले स्वर्गीय दिपाले आफूलाई राजनीतिक,सामाजिक र पारिवारिक रूपमा सफल बनाउन गरेकाे त्याग, समर्पण, याेगदानकाे चर्चा गर्दै समाज विकासका लागि भएपनि आफू निडर भएर अघि बढ्ने बताए ।
दिपाकाे यही असार ६ गते ५२ बर्षकाे उमेर निधन भएकाे थियाे । उनको केहीदिन यता मेन्जाइटिसकाे बिरामी थिइन् । उनकाे बुटवलमा उपचारका क्रममा मृत्यु भएकाे थियाे । स्वर्गीय दिपाकाे असार ७ गते बिहान राप्ती नदीकाे भानपुर घाटमा थारु समुदायकाे परम्परा अनुसार दाहसंस्कार गरिएकाे थियाे । स्वर्गीय दिपा राजमाेकाे संगठित सदस्य र पार्टी निकट अखिल नेपाल महिल संघकाे ४ नम्बर वडा कमिटीकाे सदस्य समेत रहेका थिए । उनकाे दुई छाेरा रहेका छन् । श्रद्वाञ्जलीसभा कार्यक्रमको सञ्चालन अखिल नेपाल किसान महासंघका केन्द्रीय सदस्य विष्णुप्रसाद आचार्यले गरेका थिए ।
