कक्षा ६ मा अध्ययनरत नानीहरुद्वारा स्वरबद्ध माता जगदम्बाको भजन गीत सार्वजनिक

काठमाडौं । कक्षा ६ मा अध्ययनरत तीन जना छात्राले स्वरबद्ध गरेको माता जगदम्बाको भजन गीत सार्वजनिक भएको छ । भक्तपुर निस्ट स्कुलमा अध्ययनरत सौम्या आचार्य, आरोशी बराल र विदिता भट्टराईको स्वरमा माता जगदम्बाको भजन घटस्थापनाको अवसर पारेर सार्वजनिक गरिएको हो । भक्तपुर निस्ट स्कुलमा सोमबार एक कार्यक्रमका बीच प्रिन्सिपल दिलिप रानाले औपचारिक रुपमा भजन सार्वजनिक […]

शान्तिश्री परियारको स्वरमा तीज गीत‘हाइ गोरी’सार्वजनिक

दाङ । तीजको उल्लासपूर्ण माहोललाई लक्षित गर्दै संचारकर्मी तथा गीतकार प्रिया स्मृती गजमेरको शब्दमा तयार गरिएको तीज गीत ‘हाइ गोरी’ सार्वजनिक गरिएको छ । लोकप्रिय गायिका शान्तिश्री परियारको सुमधुर स्वरमा सजिएको यस गीतमा संगीतकार यादव योगीको मनमोहक संगीत रहेको छ । गीतलाई मिना थापाको प्रस्तुतिमा संगीतकार योगीको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। भिडियोमा चर्चित […]

देउखुरीमा स्रष्टा,सिर्जना,समीक्षा र एकल गजल वाचन कार्यक्रम सम्पन्न

दाङ । देउखुरी साहित्य तथा साँस्कृतिक मञ्च दाङको आयोजना तथा देउखुरी गजल अभियान दाङको सहकार्यमा एकल गजल वाचन एवम् स्रष्टा, सिर्जना र समीक्षा कार्यक्रम लमहीको रातोडाँडा स्थित देउखुरी साहित्य मञ्चको सभाकक्षमा शनिबार सम्पन्न भएको छ । साँस्कृतिक मञ्चका अध्यक्ष नीमबहादुर थापाको अध्यक्षता एवम् जनसाँस्कृतिक महासंघका केन्द्रीय सह संयोजक एवम् जनगायक नारायण योगीको प्रमुख आतिथ्यतामा कार्यक्रम […]

गोरखा स्कुल लमहीद्वारा २१२ औं भानुजयन्तीको अवसरमा कविता प्रतियोगिता सम्पन्न

दाङ । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्म जयन्तीको अवसरमा गोरखा मोडेल सेकेण्डरी स्कुल लमहीले विद्यालयमा कविता प्रतियोगिता आयोजना गरि मनाएको छ । बिहानी सत्र र दिवा सत्र गरि दुई सत्रमा कार्यक्रम आयोजना गरिएको थियो । बिहानी सत्रमा व्यवस्थापन सङ्कायका ११ जना विद्यार्थीले भाग लिएका थिए । जसमा रुमा चौधरी, रञ्जित चौधरी,योगेश बस्नेत,रेखा कुमाल,सुरेश शर्मा,बिक्की […]

आज देश तथा विदेशमा आदिकवि भानुभक्त आचार्यको २१२औं जन्मजयन्ती मनाइँदै

काठमाडौं । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको आज २१२ औँ जन्मजयन्ती देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाउनु भएको छ । उहाँले लेख्नुभएको रामायण अहिले पनि नेपालीहरुको घरघरमा सस्वर लय हालेर पाठ गरिन्छ । […]

देउखुरीमा कविता प्रतियोगिता कार्यक्रम सम्पन्न

दाङ । देउखुरी साहित्य तथा साँस्कृतिक मञ्च दाङको आयोजना तथा देउखुरी बहुमखी क्याम्पस लमहीको संयोजनमा क्याम्पस स्तरीया कविता प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ । साँस्कृतिक मञ्चका अध्यक्ष नीमबहादुर थापाको अध्यक्षता एवम् क्याम्पस प्रमुख शिव ओलीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । देउखुरी बहुमुखी क्याम्पसमा अध्यनरत ११ जना छात्र,छात्राले प्रतियोगितामा भाग लिएका थिए । प्रतियोगिताको […]

राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापा आज पक्राउ परेका छन् । राजावादी समूहले आइतबार राजधानीको नारायण चौर क्षेत्रमा गरेको प्रदर्शनका क्रममा थापा पक्राउ परेका हुन् । त्यस्तै प्रहरीले उनीसहित अन्य केही राजावादीलाई पनि पक्राउ गरेको जनाइएको छ । नारायण चौरबाट बालुवाटार जाने क्रममा प्रहरी हस्तक्षेप भएर उनी पक्राउ परेका हुन् । यस्तै राजावादी समूहले […]

गोरखा मोडेल स्कुल लमहीमा तीन दिने कथा लेखन कार्यशाला कार्यक्रम सम्पन्न

दाङ । देउखुरीको लमहीमा रहेको गोरखा मोडेल सेकेन्डरी स्कूल लमहीले विद्यार्थीको सिकाईका लागी तीनदिने कथा लेखन कार्यक्रम आइतबार सम्पन्न गरेको छ । कथाले समाज बोल्छ भन्ने भनाईलाई आत्मसात गर्दै आयोजना गरिएको यस कार्यशालाले विद्यालय स्तरमा साहित्यिक अभिरुचि भएका विद्यार्थीहरुलाई कथा लेखनमा उत्प्रेरणा दिने उद्देश्यले कार्यक्रम गरिएको विद्यालयले जनाएको छ । विद्यालयका ३६ जना विद्यार्थीहरुसँगको तीनदिने […]

सामाजिक एवम् पारिवारिक चलचित्र”झिल्को” प्रदशन

काठमाडौँ । सामाजिक एवम् पारिवारिक चलचित्र “झिल्को” शुक्रबारदेखि प्रदशनमा आएको छ । एउटा समसामयिक विषयमा तयार गरिएको सामाजिक एवम् पारिवारिक चलचित्र झिल्को हेर्नै पर्ने चलचित्र हो । मोबाईलले आज बालबालिकामा कस्तो असर पारिरहेको छ । घर परिवार र समाजमा कस्तो प्रभाब परिरहेको छ । पत्रकारितामा लोकप्रियताका लागि जे पनि लेख्दा त्यसले परिवार र समाजलाई कस्तो […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]