
Gsbus
Nssbus7
Gsl
gms
Amb
syysr
Pbu
Ratbs
Ssbus
dsbus
Bksbus5
Syees
Csbus
Rbs
Ddhbs
Jsbus

Rgu
Rgs
Bbu
Gst
Hal
Asm
Tsm
Bbbpu
Ssm
Sbs
nsb
Vor
Ksm
Wsp
Ggd
Sls
Pvg
Rgu
Rsb

Abd
Jmb
Jmb
Gsb
Rpp
bbt
Syp
Rmb
Pls
Mks
sab
Ptm
Bml
दाङ । देउखुरी साहित्य तथा साँस्कृतिक मञ्च दाङको आयोजना तथा देउखुरी गजल अभियान दाङको सहकार्यमा एकल गजल वाचन एवम् स्रष्टा, सिर्जना र समीक्षा कार्यक्रम लमहीको रातोडाँडा स्थित देउखुरी साहित्य मञ्चको सभाकक्षमा शनिबार सम्पन्न भएको छ ।
साँस्कृतिक मञ्चका अध्यक्ष नीमबहादुर थापाको अध्यक्षता एवम् जनसाँस्कृतिक महासंघका केन्द्रीय सह संयोजक एवम् जनगायक नारायण योगीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कायैक्रम दुई सत्रमा व्यवस्थित गरिएको थियो । पहिलो सत्रमा स्थापित गजलकार तुलसीपुर निवासी सुरेश सुमन डाँगीबाट दर्जनबढी गजल सुनिएको थियो । वाचित गजलहरुको थारु भाषा तथा साहित्य प्रतिष्ठानका अध्यक्ष छबिलाल कोपिलाले समीक्षा गरेका थिए ।
पहिलो सत्रको सो कार्यक्रममा गजल अभियान दाङका अध्यक्ष एवम् गजल÷गीतकार प्रबल बिष्ट,अर्का गजल÷ गीतकार अभि क्षेत्री समर्पण, दाङ साहित्य प्रतिष्ठानका पूर्व अध्यक्ष मकुश पन्थी, सुशिल पुन ‘बिरही’ लगायतका पाहुनाहरुबाट वाहै वाहै गरेर गजल वाचकलाई हौसला प्रदान गरिएको थियो ।
त्यस्तै दोस्रो चरणमा पाँचजना कविहरुबाट आ- आफ्ना रचना वाचन र समकक्षि कविहरुबाटै समीक्षा गरिएको थियो । सोही बमोजिम बिजया पोख्रेलद्वारा प्रस्तुत कविताको श्रवण नेपालीले,जीवराज शर्माद्वारा प्रस्तुत कविताको गुरुप्रसाद कुमाल ‘बुलबुल’ले,सञ्जना शर्माद्वारा प्रस्तुत कविताको बिजया पोख्रेलले,श्रवण नेपालीद्वारा प्रस्तुत कविताको जीवराज शर्माले र गुरुप्रसाद कुमाल ‘बुलबुल’द्वारा प्रस्तुत कविताको सञ्जना शर्माले समीक्षा गरेकि थिइन् ।
दुबै सत्रमा सम्पन्न कार्यक्रमको मिहिनो गरी समालोचनासमेत गरिएको थियो । कार्यक्रमका बिशिष्ट अतिथि देउखुरी बहुमुखी क्याम्पसका उप-प्राध्यापक एवम् मञ्चका सल्लाहकार हरेकृष्ण ज्ञवालीले सम्पूर्ण वाचित÷समीक्षित रचनाहरुको समालोचना गरेका थिए । उनको भनाई थियो यसप्रकारको कार्यक्रमले स्तरिय रचना लेखनमा सहयोग पुग्ने र आफ्ना वा अरुका रचनामा समीक्षा गर्ने क्षमताको बिकास हुने भएकोले यो कार्यक्रम सिकाइमूलक छ ।
प्रमुख अतिथि नारायण योगीले यो नयाँ सुरुवात हो, यस्ता कार्यक्रमले स्रष्टाहरुलाई साहित्य लेखनमा आत्मनिर्भर र बलियो बनाउँछ । स्रष्टाहरु बलिया भए संस्था बलियो हुने हो, संस्था बलियो हुनका लागि संस्थागत सहभागिता र सक्रियता आबश्यक हुन्छ भन्दै यस्ता कार्यक्रम विद्यालय स्तरमा लैजान सके नयाँ स्रष्टाहरु जोडिन सक्छन भने । कार्यक्रममा साहित्यकारहरु सुजाता शाही,सूर्यराज गौतम, अर्जुन शर, रेशम बि सी,भवन निर्माण सहयोगदाता बिष्णुप्रसाद घिमिरे, दामोदर पाण्डेय,शशिधर ज्ञवाली, गिरिराज खनाल,प्रेमा जी सी,रामरुपनी स्मृति साहित्य पुरस्कारका संस्थापक रामप्रसाद चौधरी, धर्मराज शर्मा ‘बैरागी’ लगायतले रचना वाचनसहित कार्यक्रमको प्रशंसा गरे ।
युवा साहित्यकार केशब दिपक शर्माले समग्र कार्यक्रमको टिप्पणी प्रस्तुत गरे भने पहिलो चरणको गुरुप्रसाद कुमाल ‘बुलबुल’ र दोस्रो चरणमा सचिव बालमुकुन्द आचार्यले सञ्चालन गरेका थिए ।
