Sidha Patra शुक्रबार, जेठ ३०, २०८२

दाङ । देउखुरी साहित्य तथा साँस्कृतिक मञ्च दाङको आयोजना तथा देउखुरी बहुमखी क्याम्पस लमहीको संयोजनमा क्याम्पस स्तरीया कविता प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ ।

साँस्कृतिक मञ्चका अध्यक्ष नीमबहादुर थापाको अध्यक्षता एवम् क्याम्पस प्रमुख शिव ओलीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । देउखुरी बहुमुखी क्याम्पसमा अध्यनरत ११ जना छात्र,छात्राले प्रतियोगितामा भाग लिएका थिए ।

प्रतियोगिताको निर्णायक मण्डलमा मञ्चका सल्लाहकार एवम् कार्यक्रम संयोजक उप प्राध्यापक हरेकृष्ण ज्ञवाली,थारु भाषा साहित्य प्रतिष्ठानका अध्यक्ष छबिलाल कोपिला र साहित्यकार गिरिराज खनाल रहनु भएको थिए ।

देउखुरी बहुमुखी क्याम्पस अतिरिक्त क्रियाक्लाप संयोजक उप-प्राध्यापक बिनोद भट्टराईले संयोजन गर्नुभएको प्रतियोगितामा नरेन्द्र चौधरी प्रथम,हिमाल भट्टराई द्वितिय,डोमबहादुर पुन मगर तृतिय र बिमला पोख्रेलले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए । अन्य प्रतियोगि विद्यार्थीहरुमा बिजया पोख्रेल,गोबिन्द पौडेल,बिष्णु कुमाल,चाँदनी घर्ती मगर,करिष्मा के सी,प्रविण पौडेल र मुस्कान सुनार रहेका थिए । कार्यक्रममा साहित्य मञ्चका सल्लाहकार एवम् निवर्तमान अध्यक्ष हरि पोख्रेल,बाल प्रतिभा पुरस्कारका संस्थापक एवम् आजीवन सदस्य बिष्णा शर्मा,प्रलेस दाङका उपाध्यक्ष रेशम बिसी,उप- प्राध्यापक भेषराज पोख्रेल,उप-प्राध्यापक प्रदिप पुलामी,भवन निर्माण सहयोगदाता तथा आजीवन सदस्य बिष्णुप्रसाद घिमिरे र निवृत्त शिक्षक समाज गढवाका अध्यक्ष साहित्यकार खगेश्वर शर्माको विशेष उपस्थिति रहेको थियो ।

प्रमुख अतिथिबाट व्यानर पढी कविता वाचनका लागि रोल क्रम नम्बर दिई उद्घाटन गरिएको कार्यक्रममा साहित्यकारहरु शेषमणि शर्मा घिमिरे, सूर्यराज गौतम,युवराज भण्डारी लगायतले रचना वाचन गरेका थिए । मञ्चकी सह-सचिव प्रेमा जी सीले रचना संकलन,कोषाध्यक्ष दीपा केसीले स्वागत मन्तब्य र सचिव बालमुकुन्द आचार्यले सञ्चालन गरेका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र ओली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी,खडग ओली, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल

सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]