भूकम्पबाट जापानमा ज्यान गुमाउनेको सङ्ख्या २० पुग्यो

काठमाडौं । शक्तिशाली भूकम्पमा परी जापानमा मृत्यु हुनेको सङ्ख्या २० पुगेको छ । मध्य जापान र वरपरका क्षेत्रमा ठुलो भूकम्प गएपछि इशिकावा प्रान्तमा कम्तिमा २० व्यक्तिको मृत्यु भएको पुष्टि भएको हो । राष्ट्रिय समाचार एजेन्सी क्योडोले स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै मंगलबार यसबारेमा जानकारी गराएको छ । जापानका प्रधानमन्त्री फुमियो किशिदाले भूकम्पबाट प्रभावितको उद्धारलाई समयसँगको लडाइको […]

रुसी सेनामा भर्ती भएका ४ जना नेपालीहरुको भिडन्तका क्रम मृत्यु

काठमाडौँ । रुसी सेनामा भर्ती भएका ४ जना नेपालीहरुको भिडन्तमा मृत्यु भएको छ । युक्रेन–रुस युद्धमा परी उनीहरुको मृत्यु भएको मस्कोस्थित नेपाली दूतावासले जनाएको छ । त्यस्तै दूतावासका अनुसार मृत्यु हुनेहरूमा इलामका गंगाराज मोक्तान, गोरखाका सन्दीप थपलिया, स्याङ्जाका प्रितम कार्की र दोलखाका राजकुमार रोक्का रहेका छन् । तीमध्ये तीन जनाको हालैको भिडन्तमा मृत्यु भएको हो […]

चीनमा नयाँ महामारीको रोगको आशंका,बच्चाहरुमा फैलिँदै

काठमाडौं । सन् २०१९ को डिसेम्बरमा चीनको वुहानमा नयाँ भाइरसको संक्रमण देखियो । बिस्तारै उक्त कोरोनाभाइरस चीन हुँदै विश्वभर फैलियो । कोरोना भाइरसको महामारीको प्रभावबाट विश्व राम्रोसँग तङ्ग्रिन सकेको छैन । यस्तोमा चीनमा फेरि अर्को महामारी फैलिएको संकेत आइरहेको छ । त्यस्तै चीनका कयौँ अस्पतालमा एक रहस्यमयी रोगका बिरामीको सङ्ख्या तीव्र गतिमा बढिरहेको छ । […]

राप्ती गाउँपालिका अध्यक्ष विष्ट र विकास काेष नर्वेका प्रतिनिधि लाहिड्ज बीच भेटवार्ता

दाङ । राप्ती गाउँपालिका दाङसँग साझेदारी गरिरहेको संस्था नाम्सालिङ विकास केन्द्र विकास काेष नर्वेका कार्यक्रम मूल्यांकनकर्ता रिजा लाहिड्जी र गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट बीच बिहीबार गाउँपालिकाकाे कार्यालय मसुरीयामा भेटवार्ता भएको छ। उक्त भेटमा गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले संस्थाले हालसम्म पालिका क्षेत्रमा गरेकाे कामको उच्च प्रसंशा गर्नु भएको थियो । त्यस्तै अध्यक्ष विष्टले कृषि क्षेत्रमा सीप […]

संयुक्त राष्ट्रसंघका महासचिव गुटेसेस नेपाल भ्रमण पूरा गरी फर्किए

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस नेपालको चार दिने भ्रमण पूरा गरी फर्किएका छन् । गुटेरेस बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बेलायततर्फ प्रस्थान गरेका हुन् । नेपाल भ्रमणको क्रममा गुटेरेसले मंगलबार संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै संक्रमणकालीन न्याय टुंगोमा पुर्याउने काममा नेपाल एक्लै नरहेको भन्दै त्यसलाई सघाउन राष्ट्रसंघ तयार रहेको बताएका थिए […]

भारतीय व्यापारी मुकेश अम्बानीलाई ४ अर्ब रुपयाँ माग्दै ज्यान मार्ने अर्को धम्की

दिल्ली । भारतीय व्यापारी मुकेश अम्बानीलाई पछिल्ला केही दिनयता ज्यान मार्ने धम्की आइरहेको छ । पछिल्लो पटक सोमबार उनलाई ४ खर्ब रुपयाँ नदिए ज्यान मार्ने धम्कीसहितको एक इमेल आएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । यस्तै खालको यो तेस्रो धम्कीपूर्ण इमेल भएको समाचारमा उल्लेख छ । यस अघि भने उनीसँग २ अर्ब रुपयाँ मागिएको थियो । […]

इजरायलको आक्रमणबाट गाजामा आठ हजार पाँच सय प्यालेस्टिनीको मृत्यु

काठमाडौं । गाजामा इजरायली आक्रमणबाट ८ हजार ५०० प्यालेस्टिनीहरूको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले दाबी गरेका छन् । अलजजीराका अनुसार अक्टोबर ७ यता गाजामा कम्तीमा आठ हजार,पाँच प्यालेस्टिनी मारिएका छन् भने इजरायलमा हमासको आक्रमणमा परी १, ४०० बढीको मृत्यु भएको छ । इजरायल-हमास द्वन्द्वबाट गाजामा बालबालिका चपेटामा परेका छन् । सेभ द चिल्ड्रेनका अनुसार सन् […]

पुरुषका लागि भारतले बनायो गर्भनिरोधक सुई

काठमाडौं । चिकित्सा जगतमा केही दिनयता इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर)को एक प्रयोगले निकै चर्चा पाइरहेको छ । आईसीएमआरले पुरुषका लागि गर्भनिरोधक सुई बनाएको छ । सात वर्षसम्मको अनुसन्धानपछि आईसीएमआरको सो सुईको क्लिनिकल परीक्षण पूरा भएको हो । अर्थात् यो सुईले प्रयोगको अनुमति पाएको छ । यो सुईको कुनै साइड इफेक्ट नभएको दाबी आईसीएमआरको […]

आज इजरायलबाट थप एक विद्यार्थीको शव नेपाल ल्याइयो

काठमाडौं । इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपाली विद्यार्थीमध्ये थप एक विद्यार्थीको शव आज नेपाल ल्याइएको छ । नेपाल ल्याइएको शव बझाङ जयपृथ्वी–६ का गणेशकुमार नेपालीको रहेको परराष्ट्र मन्त्रालयका सहसचिव शरदराज आरणले जानकारी दिए । उनका अनुसार फ्लाई दुबईको विमानमार्फत आज बिहान ७ बजे उहाँको शव ल्याइएको हो । इजरायलमा हमासको आक्रमणमा परी […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]